उदय निरौला विशिष्ट कवि एवम् चिन्तक हुन् । उनका ‘कोलाहल पिएर’, ‘जराहरू किमार्थ मर्दैनन्’, ‘शीतको लहर’, ‘उदय निरौलाका प्रतिनिधि कविताहरू’, ‘अस्ताउँदो घाम टेकेर’ जस्ता कविता विधाका कृतिहरू प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको समसामयिक चिन्तनमा आधारित लघुसामग्री प्रस्तुत गरिएको छ । यस चिन्तनले नेपाली साहित्य परम्परामा समीक्षा कमजोर बन्दै गएको पक्ष उजागर गरेको छ ।
-सम्पा. |
नेपाली साहित्यमा समालोचकहरू छैनन् भने हुन्छ । छन् त पाठ्यक्रममुखी समालोचक मात्र छन् । अझ नेपाली कवितामा त लेखिएको सबै पुराना मात्र र पाठ्यक्रम विशेष मात्र छन्।
नेपाली कवितामा हालसम्म आइपुग्दा भूपि सेरचन र रिमाल अनि कोइराला मोहनलाई कहाँदेखि छोडे कविहरूले पछ्याउन यो राम्ररी केलाउन आवश्यक अनि अपरिहार्य भइसकेको देखिन्छ ।
अहिलेका केही नयाँ कविहरू भूपिको समय भन्दा माथिल्लो स्तरका कविताहरू लेख्दै छन् ।आफ्नोे मात्र पढ्ने र आफूलाई मात्र कवि ठान्नेहरू भाँचिएको अवस्था छ । यद्यपि पढिँदैन नयाँ कविहरूका कविता । पुराना मिथक र विम्बहरू अहिलेका पाठकले झर्को मान्छन् । नयाँ समय, नयाँ परिस्कृत विम्बविधान, नयाँ शैली ,नयाँ प्लटमा साजसज्जा मिलाएर छोटा यद्यपि चोटिला,मीठा,पट्यार नलाग्ने ,पुरानाभन्दा पृथक , सुन्दर ,सफा, लामा भए पनि पूर्ववत नारा बिधान, एकै विम्ब ,उस्तै मिथक, नाम छोप्दा यो कवि हो भनेर नचिनिने नभएर पुर्ण सचेत दर, खरा,कविहरू जन्मिसकेकाले पनि होला केही राम्रा मानिएका कविहरू कविता लेख्न वर्तमानमा नयाँहरूसँग भयभीत भएको अवस्था पनि छ । समालोचक पुराना मात्र देख्छन् ,पाठ्यक्रम प्रबन्धक पुराना मात्र पर्छन् यद्यपि नयाँहरू धेरै अगाडि छन् । यति हो उनीहरू पुरानालाई त्यति नपछ्याउनाका कारण होला अलि बढी गर्व गर्छन् यद्यपि नयाँहरू बढो सचेत बनेर नयाँ प्रकारका विम्बकासाथ उदियमान भएर आएका छन् । जस्ले गर्दा नेपाली साहित्य धेरै माथि उठेको मलाई अनुभूति हन्छ ।
निकै ढिला भइसकेको छ, समकालीन कवितामाथि समलोचना लेखिन भन्ने मेरो ठम्याई छ । अनि भन्नै पर्ने हुन्छ समालोचकज्यू तपाईंहरू पनि राजनीतिक ठेकेदार झैँ व्यापार गर्ने ब्यापारी नै हो ।