काठमाडौँ । यस वर्ष ‘राष्ट्रिय कलाश्री सम्मान–२०७७’ जनगायक रामेश श्रेष्ठलाई प्रदान गरिने भएको छ। नेपाली कलासाहित्य डटकमले हरेक वर्ष प्रदान गर्ने सम्मान पुरस्कार यस वर्ष श्रेष्ठलाई प्रदान गरिने निर्णय भएको विज्ञप्ति मार्फत् जानकारी दिएको हो ।
त्यसैगरी एक लाख राशिको ‘राष्ट्रिय कलाश्री पुरस्कार–२०७७’साहित्यका विशिष्ट साधक स्रष्टा एवम् रङ्गमञ्चसँग आबद्ध सशक्त अभियन्ता समेत रहेका अशेष मल्ललाई प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै पचहत्तर हजार राशिको ‘ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार–२०७७’ ठाकुर बेलबासेलाई प्रदान गर्ने निर्णय भएको छ।
त्यस्तै ५० हजार रुपैयाँ रहेको‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता–२०७५ पुरस्कार पत्रकार एवम् स्रष्टा लक्ष्मी उप्रेती र ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला युवा पुरस्कार–२०७७’ चित्रकार विधाता के।सी।लाई, ‘पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार—२०७७’मिलन नेवारलाई प्रदान गरिने निर्णय भएको संस्थाले जनाएको छ।
प्रतिष्ठानले अन्य विभिन्न सम्मान तथा पुरस्कारको पनि घोषणा गरेको छ ।
सबै सम्मान तथा पुरस्कार यही फागुन महिनामा सम्पन्न हुने विशेष समारोहका बीच प्रदान गरिने विज्ञप्तिमा भनिएको छ ।