काठमाडौं । वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को ८६ वर्षको उमेरमा निधन भएको छ ।
रिमाल स्मरण शक्ति कमजोर हुने अल्जाइमर्सको समस्याबाट केही समय अघिदेखि पीडित थिए। पछिल्लो समय उनको मिर्गौलामा पनि खराबी आएको थियो ।
उले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत बहुचर्चित छन् ।
रिमाल एक उर्जाशील गीतकार थिए । उनी छोटो समयमा पनि धेरै गीत सृजना गर्न सक्ने क्षमताका थिए ।
उनले सिर्जना गरेका गीतहरू थुप्रै चर्चित गायकगायिकाले गाएका छन् ।