काठमाडौँ । नेपाल स्रष्टा समाजको १३औं वार्षिक साधारणसभा तथा स्रष्टा सम्मान कार्यक्रममा स्रष्टाहरू रमेश खकुरेल र अनुपम रोशी सम्मानित भएका छन् ।
काव्य रचना गर्ने वरिष्ठ साधकलाई वर्सेनी प्रदान गरिने सुभद्राविश्वराज स्रष्टा सम्मानबाट कवि खकुरेल तथा प्रभावशाली युवा साहित्यकारलाई वर्सेनी प्रदान गरिने प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मानबाट युवा साहित्यकार अनुपम रोशी सम्मानित भएका हुन् । कवि खकुरेल २१ हजार १११ र रोशी ११ हजार १११ नगदसहित सम्मानित भएका हुन् ।
सुभद्राविश्वराज स्रष्टासम्मान विधान आचार्यले मातापिताका नाममा र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मान चेतनाथ कणेल र सीता भण्डारी कँणेलले आफ्ना छोरा प्रसिद्धका स्मृतिमा स्थापित गरेका हुन् ।
सम्मान सिफारिसका लागि समाजले यसका सल्लाहकार तथा पूर्वअध्यक्ष श्री चन्द्रप्रसाद भट्टराईका संयोजकत्वमा प्रा. डा. गोविन्दमानसिंह कार्की तथा संस्थापकहरू रहेका बेग्लाबेग्लै समितिहरू गठन गरेको थियो । प्राप्त भएका धेरै नामहरूमध्ये उहाँहरूको योगदान तथा संस्थाको समेत गरिमा झल्किने गरी पात्रहरूको चयन गरिएको संयोजक भट्टराईले बताए ।
भर्चुअल माध्यमबाट भएको कार्यक्रममा धारणाा राख्दै अभिव्यक्ति मासिकका संस्थापक सम्पादक साहित्यकार नगेन्द्रराज शर्माले नेपालमा साहित्यिक पत्रिका सञ्चालन गर्न कठिन भएको र झन् अहिलेको समयमा धेरै चुनौती थपिएका बताए ।