आकाश अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । उनी युवापुस्ताका सक्रिय कवि एवम् नाट्य प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको त्यो पुरानो घर बोलको गजल समेटिएको छ । यस रचनाले नेपाली राजनीतिको वर्तमान विसंततिलाई र आफ्नै जीवनका विसङ्गतिलाई ध्वन्यार्थमा प्रस्तुत गरेको छ ।
– सम्पा |
त्यो पुरानो घर, खण्डहर बनेको छ
फुलै फूलको बगैँचा बगर बनेको छ !
बचपन बित्यो अनौठो अनुभुति दिएर
वर,पीपल चौतारी पतकर बनेको छ !
स्वच्छ सफा निलो आकाश बहकिन्छु म
आमाको माया ! दुनियाँ हेर्ने नजर बनेको छ !
अभावमा बित्यो बचपन सम्झी टोलाउछु
जिन्दगीमा आज यो पल कहर बनेको छ !