पार्वती पहारी ’तुफान’ (पोखरा महानगरपालिका वार्ड न २१, कास्की, सुपुत्री : शेशराज पहारी र कौशल्या पहारी) युवा पुस्ताकी परिचित साहित्यिक प्रतिभा हुन्। उनी कविता र गजलमा सुपरिचित नारी हस्ताक्षर हुन्। उनले त्रिभुवन विश्वविद्यालयमबाट नेपाली विषयमा एम. एड. गरेकी छन्। हाल मेल्बर्न, अस्ट्रेलियामा बसोबास गर्ने पहारी विद्यालय तहकी छात्रा छँदैदेखि साहित्य सिर्जनामा रुचि राख्थिन्। उनका नेपाली जगलमा नारी हस्ताक्षर ( संयुक्त गजलसङ्ग्रह, २०६२) बाटो छेक्छन् जुनताराले (गजलसङ्ग्रह, २०६६) र पर्खिरहेको घर (कबितासङ्ग्रह २०७४) जस्ता कृतिहरू प्रकाशित छन्। उनको रुचि साहित्य, सङ्गीत र यात्रामा रहेको छ। उनका एक–एकवटा कविता र गजलसङ्ग्रहहरू प्रकाशनको तयारीमा रहेका छन्। साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘देखियो’ गजल समेटिएको छ। यस गजलले परदेशमा छाती जचाउँन जाँदा एक्सरेमा देश देखिएको राष्ट्रियचेतनाका साथै मानव सम्बन्धको गहिरो भाव अभिव्यक्त गरेको छ। यस गजलले पहारीको गजलकारितालाई निकै सफल देखाएको छ।
– सम्पा.
|
भर्खरै अद्भूत एक चलचित्र देखियो
म ऊभित्र छर्लङ्गै, ऊ मभित्र देखियोपरदेशमा छाती दुखेर जचाउन जाँदा
एक्सरेमा मेरै देशको मानचित्र देखियो
म ऊभित्र छर्लङ्गै, ऊ मभित्र देखियोपरदेशमा छाती दुखेर जचाउन जाँदा
एक्सरेमा मेरै देशको मानचित्र देखियो
मिल्काइदियो मेरो फूल, प्रसाद पुजारीले
हाँसेर ग्रहण ,गर्यो भिखारी पवित्र देखियो
दिनमा सोझा भलादमी लाग्ने साधुहरूको
सााँझ पर्ना साथ उदाङ्गो चरित्र देखियो
विश्वास कहिलेकाहीँ यसरी भ्रम हुँदो रहेछ
छुरा हान्नेको नाइके, मेरै परम मित्र देखियो।
***
मोबाइल नं. 0011-61- 452197775
Email- parbatip85@gmail.com
Email- parbatip85@gmail.com