मूल लेखक
अल्फ्रेड लर्ड टेनिसन ( सन् १८०९–१८९२) बेलायतका प्रसिद्ध कवि हुन्। उनी बेलायतको लिङ्कन सरमा जन्मेका थिए। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए। उनी विद्यार्थी जीवनमा उम्दा विद्यार्थीको समूहमा पर्थे। उनका सहपाठी आर्थर ह्यालम् पनि तेजी विद्यार्थी थिए। टेनिसन र यिनको घनिष्ठता थियो। अप्रत्यासित रूपमा आर्थरको सन् १८३३ मा असामयिक निधन भयो। यसले टेनिसनलाई आहात बनायो। उनको मृत्युले टेनिसनलाई “इन मेमोरियम” शोक कविता लेख्न प्रेरित गर्यो। उनको यही शोक कविता पहिलो बेजोड रचना मानिएको छ। सन् १९५० मा टेनिसनको इमिली सेल्वुडसित विवाह भएको थियो। उनी आफ्ना अमर रचनाकै कारण विलियम वर्डस्वर्थपछि वेलायतकाच कविशिरोमणि भएका थिए। १८८४ मा उनलाई पियरको (Poet Laurate) उच्च पदवी दिइएको थियो। टेनिसन आफ्नो समयका प्रख्यात कवि थिए। उनी अङ्ग्रेजी साहित्य परम्परामा भिक्टोरियन कालको प्रमुख कवि मानिन्छन्। त्यो समयको काव्यधारा, संस्कार र प्रवृत्तिलाई राम्ररी प्रस्तुत गर्न सफल भएका कविका रूपमा चिनिन्छन्। उनका थुप्रै गीतिकविताहरू प्रकाशित छन्। उनको In Memoriam शोककविता धेरै पढिएको र विश्वप्रसिद्ध भएको कविता हो। टेनिसन गीतिकविताका अमर स्रष्टा भनेर चिनिन्छन्। साहित्यसागरको प्रस्तुत शृङ्खलामा टेनिसनको Break, Break, Break शीर्षकको कविताको नेपाली अनुवाद ‘हान हान र फुटाऊ’ प्रस्तुत गरिएको छ। यो अनुवाद कवि सीताराम अधिकारीले गरेका हुन्। यस कविताले परिवर्तनलाई आत्मसात गरेको छ।
-सम्पा.
|
अनुवादक
सीताराम अधिकारी विशिष्ट कविका साथै पद्यअनुवादक पनि हुन् । उनका अनुवादलाई साहित्यसागरले आरम्भदेखि नै महत्त्वसाथ समेट्तै आएको छ । उनको परिचय अघिल्ला शृङ्खलामा पनि समेटिइसकेको छ । प्रस्तुत शृङ्खलामा उनको अल्फ्रेड लर्ड टेनिसनको अंग्रेजी ‘Break, Break, Break’ कविताको नेपाली अनुवाद समेटिएको छ । यसलाई नेपालीमा ‘हान हान र फुटाऊ’ शीर्षकमा समेटिएको छ । -सम्पा.
|
हान हान नद अश्म फुटाऊ
दुष्ट पत्थर चिरेर बगाऊ
भित्र छन् करुण शब्द सशक्त
उर्लिँदो बिरहले मन सिक्त ।धीवरा सुतसुता सुखभोगी
खेलमा मगन छन् मनमोजी
पोत–वाह सुत नाउ चलाई
गीत गाउँछ मनै बहलाई ।जान्छ यान जलको तटतर्फ
लग्दछन् नि मनुवा घरतर्फ
छैन हात छुनु के छ अदृश्य
शब्द शून्य उसको छ रहस्य ।हान हान बलले र फुटाऊ
छाल चाल जड अश्म डुबाऊ
त्यो दिवाकर गयो मन चोरी
आउँदैन म भनी अब फेरि ।
दुष्ट पत्थर चिरेर बगाऊ
भित्र छन् करुण शब्द सशक्त
उर्लिँदो बिरहले मन सिक्त ।धीवरा सुतसुता सुखभोगी
खेलमा मगन छन् मनमोजी
पोत–वाह सुत नाउ चलाई
गीत गाउँछ मनै बहलाई ।जान्छ यान जलको तटतर्फ
लग्दछन् नि मनुवा घरतर्फ
छैन हात छुनु के छ अदृश्य
शब्द शून्य उसको छ रहस्य ।हान हान बलले र फुटाऊ
छाल चाल जड अश्म डुबाऊ
त्यो दिवाकर गयो मन चोरी
आउँदैन म भनी अब फेरि ।
***
२०७७।५।२२, अनामनगर, काठमाडौँ