विलियम वड्स्वर्थ (१७७०-१८५०) बेलायतको पहाडी जिल्ला लेक डिसिट्रकमा जन्मेका थिए । जन्मस्थाका आधारममा र प्रकृति चित्रणका आधारमा उनलाई लेककवि पनि भनिन्छ। उनी रुमानी काव्य–धाराका सच्चा अग्रदूत थिए । उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातक उपाधि प्रप्त गरेका थिए। तरुण अवस्थामा नै उनी फ्रान्समा गएका थिए । त्यहाँको क्रान्तिमा उनको समर्थन रहेको थियो। उनको यानिट् व्यालन् नामकी युवतीसित प्रेम थियो र उनीहरूबाट एउटी छोरी जन्मेकी थिइन्। उनमा फ्रेन्च क्रान्तिको प्रभव परेको थियो र लेख्न सुरु गरे तर क्रान्तिको भयले पछिल्ला दिनमा आफ्नै भूमिमा फर्के । पछि उनकी प्रेमिका व्यलन् र उनको भेट भएन । वड्स्वर्थ स्वदेश फर्किएपछि उनकी बहिनी डोरोथीसित बसे । बहिनीकै विम्ब उनका कतिपय कवितामा पाइन्छ । पछि उनको सामुयल् टेलर् कोलरिजसित भेट भयो र अङ्ग्रेजी रुमानी काव्यधारा मौलायो। यिनीहरूको यो भेट ऐतिहासिक थियो । यसपछि यिनीहरूको सहलेखन आरम्भ भयो । सहलेखनको उपजहो : लिरिकल् ब्यलड (ब्यालेड) । यस कृतिमावड्स्वर्थर्को टिन्टर्न् याबी” लगायत केही अन्य कविता र कोल्ररिज्र्को द राइम् अफ दी एइन्सिन्ट म्यरिनर्” समेटिएको थिए । वर्डस्वर्थले प्रकृतिमा (१) युवती (२) पथप्रदर्शक (३) गुरु र (४) ईश्वर देख्त थे। यस अर्थमा उनका कवितामा प्रकृतिवादी र मानवतावादीचेतना पाइन्छ । उनी प्रकृतिका उपासाक थिए भन्ने कुरा उनका कविताबाट बुझिन्छ । उनले प्रकृति र मानवलाई केन्द्रमा राखेर निरन्तर लेखिरहे। उनका यस्ता अनगिन्ती कविता छन् । उनी स्वच्छन्दतावादी काव्यधारकका धेरैका प्रेरणाको स्रोत पनि भए । उनी त्यस युग र धाराका कवि शिरोमण्णि पनि भए । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको लुसी ग्रे (Lucy Gray) कवितालाई नेपालीमा अनुवाद गरी प्रस्तुत गरिएको छ । यसको अनुवाद नेपाली काव्यका विशिष्ट कवि एवम् अनुवाद सीतारमा अधिकारीले गरेका हुन् । -सम्पा.
|
अनुवादक
सीताराम अधिकारी नेपाली साहित्यका सिर्जना र अनुवादमा सुपरिचित प्रतिभा हुन् । उका अनुदित सामग्रीहरू साहित्यसागरमा निरन्तर प्रकाशन भइरहेका छन् । उनी नेपालीका कवितालाई अंग्रेजीमा र अंग्रेजी कवितालाई नेपालीमा गद्यपद्य दुवै शैलीमा आधिकारिक अनुवाद गर्न सक्ने विशिष्ट प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको अंग्रेजी कवि विलियम वर्डस्वर्थको लुसी ग्रे कविताको नेपाली अनुवाद समेटिएको छ । यस कवितालाई अधिकारीले अनुष्टुप छन्दमा अनुवाद सिर्जना गरेका छन् ।
-सम्पा
|
.
हिड्दै थेँ वनको बाटो भेटिइन् रूपकी धनी
बिहानको थियो बेला मिल्यो सुयोग भेटको
अप्रत्यासितको भेट थियो सौम्य अचम्मको ।
१वनको छेउमा यौटा थियो कुटी मनोहर
मात्रै यौटी लुसी छोरी घरकी ती प्रियम्वर
मान्छे साथी थिए शून्य भइन् प्रकृति साथमा
अद्वितीय नयाँ सृष्टि हुर्कियो घर–शैलमा ।
२मृगशावक नाच्दै छन् उफ्री उफ्री मनोहर
खरायो पनि खेल्दैछन् लुकामारी बराबर
त्यो दीप्त चेहरा देखी कविको मनमोहित
मात्रै एक थियो भेट बनिन् ती कवितामृत ।
३हिउँ पर्ला कि जस्तो छ भरे राती भयङ्कर
बाबा भन्छन् तिमी जाऊ आमा लिन महापुर
लाल्टिनी हातमा बोक बाटामा रात पर्दछ
अमालाई लिई आऊ होस राखेर हिाड्नु छ ।
४
स्वीकारिन् शब्द बाबाको लुसी विनयशील भै
हुादै छ मात्र मध्यान्न जानेछु अहिले छिटै
मात्र दुई बजेको छ घडीले त्यै बताउँछ
चन्द्रमा माथि हेर्दै छ गोलयोग जनाउँछ ।
५
निकाले खीप बाबाले दरो बन्धन् बनाउन
बाँधियो दाउरा–भारी आगो ताप्न पकँउन
उनी व्यस्त भए आफ्नै दैनिकी व्यवसायमा
बाटो लागिन् लुसी एक्लै बत्ती लिएर हातमा ।
६
बाटो विकट एक्लासे खतरा कति ठाउँ छ
ओराली र उकालीको यात्रा यो कष्टसाध्य छ
कुल्चिँदा हिउँ उफ्रन्थ्यो सत्तु नै होकि झैँ गरी
उँडेको धूम देखिन्थ्यो धूम हुन्थ्यो र के गरी ?
७
एक्कासि वैरियो आँधी हिउँ उत्पात बर्सियो
कष्टसाध्य थियो बाटो त्यसैमा हिउँ थुप्रियो
पहाड घाँचको यात्रा चिसो चिप्लो भयङ्कर
प्रारभ्ध नै भयो क्रुर गन्तव्य टाढियो पर ।
८
बल्यो शोकाग्निको ज्वाला आमाबाबु रुँदैरुँदै
पूरै रात लुसी खोजी हिँडे बटो निसास्सिँदै
न त आवाज नै पाए न त देखे लुसी कतै
लागेन उनको पत्तो छोरीको र्दुदशा कठै ।
९
भोर नै भोर भो कालो जालो लाग्यो अचम्मको
पुगे ती टाकुरा माथि जो हेथ्र्यो दृश्य फाँटको
भेटियो काठको साँघु टाकुराबाट पल्तिर
साघुँबाट निकै टाडा पर्दथ्यो तिनको घर ।
१०
बाबुआमा रुँदै फर्के शोकको दह छालमा
मुटु भक्कानिादै बोले भेटौँला अब स्वर्गमा
आमाले हिउँमा देखिन् लुसीका पाइलाहरू
बगाई आँसुका धारा पछ्याए पाइला अरू ।
११
निहारे टाकुराबाटै लुसी जीवन्त छन् कि झैँ
उनको पाइला देखी झीनो आशा थियो कि झैँ
पदचिÞन्हरू हेरी बढे अगाडि ती दुबै
कति कस्ट सहिन् होला लुसीले हिउँमा कठै ।
१२
खुला मैदानमा निस्के झिनो आशा थियो कतै
पदचिÞन्ह थिए उस्तै भेटिन्छिन् कि लुसी यतै
भविष्य कसरी चिन्ने बाटो अन्त कहाँ हुने ?
कति छन् साँघु यात्रामा कसरी पार ती हुने ?
१३
पदचिÞनहरू हेर्दै पुगे ती साँघु छेउमा
हिउँको तेज भैँ चम्क्यो लुसीको दिव्य चेतना
लुसीका पाइला छैनन् छन् दुःखी ती धरा बरा
अपराधी भयो साँघु काट्यो जीवनको जरा ।
१४
भन्छन् कोही लुसी छोरी अभैm जीवन्त छन् यहीँ
देख्न सक्छौ उनीलाई एकान्तमा बसी तिमी
हिँड्छिन् जीवनको बाटो फर्किन्नन् गति तीव्र छ
एकाङ्की गाउँछिन् गीत हावा सङ्गीत भर्दछ ।
१५
***
२०७७।४।२७, अनामनगर