कमल बगाले समकालीन पुस्ताका राम्रा लघुकथाकार हुन् । उनका थुप्रै लघुकथाहरू प्रकाशन भएका छन् । साहित्यसागरको प्रस्तुत शृंखलामा उनको झगडा शीर्षकको लघुकथा समेटिएको छ । यस लघुकथाले दुई दिदीबहिनी एकाघरका दाजुभाइसँग विवाह बन्धनमा बाँधिएका र बिचमा केही खटपट र पुनः मिलन भएको देखाई नारीको त्याग वा दिदीबहिनीको उच्च सम्बन्धबाट भ्रातृ र भगिनीचेतनाको सञ्चार गरिएको छ ।
-सम्पा. |
दिदी कता हुनुहुन्छ ? निर्मलाले बाहिरबाट बोलाईन् ।
को हो र ? भित्रबाट महिलाको आवाज आयो ।
म हुँ के दिदी निर्मला, बाहिर आउनु होस् न ।
निर्मला बोलिन्, ‘भित्रै आउ न निर्मला , म भान्सामा खाना पकाउँदै छु’ दिदीले भनिन् ।
‘मलाई अलि हतार छ दिदी बाहिर आउनुस् न’, निर्मला बोलिन्’ ।
‘ल ल आएँ’ भन्दै बाहिर आइन् ।
किन आयौ निर्मला ? दिदीले सोधिन् ।
‘बारीमा अलिकति काउली फलेको थियो,दिदी लाई चखाउँ भनेर ल्याएकी’, काउली दिदी लाई दिँदै भनिन् ।
ए ए राम्रो फलेछ, हाम्रो त राम्रो भएन बहिनी, किरा रोग लागेर खतम् भो,२/४ छाक खाइयो , अहिले राम्रो भएनू
‘हुन्छ त दिदी गएँ है दिदी ,आज खेतरा छन् , बस्नुस् है’, यसो भन्दै निर्मला उठिन् ।
चिया पिएर जाउली पर्ख म चिया पकाउँ छुूदिदी बोलिन् ।
फेरि खाउँला नी दिदी ,आज अलि हतार छ, म गएँ है । यसो भन्दै निर्मला तल तिर झरिन्१
निर्मला र दिदी एउटै बाजेका भाई छोरा मध्येका जेठा कान्छाका छोरीहरू थिए । यता घरमा पनि दाजु भाइसँग विवाह भएको थियो,परार साल सानो कुरामा छुट्टिएका थि । केटाकेटीको सामान्य झगडामा दाजुभाइ बेसरी झगडा गरे, हात हालाहाल पनि भो । अहिलेसम्म बोलचाल छैन, दुई भाई झगडा गर्दा दिदी बहिनीले साम्य पारेका थिए । दुवै घरको आवत जावत हरायो१
एक दिन दिदी घाँस काट्दै गरेको बेलामा कान्लाबाट खसी छन् ।
दिदी खसेको थाहा पाएर निर्मला दौडिँदै हेर्न पुगिन् । जेठाजु ले मरी की भनेर आइस् भन्दै झपारे,दिदी बहिनी मुखामुख हेरे,दाजु भाइ झगडा गरे पनि एकान्तमा दिदीबहिनी भेट्ने बोल्ने गर्थे,टाढाको माइत,अरू आफ्नो भन्नु कोही छैन, मिठो मसिनो पाक्दा तलमाथि दुवै घर आदानप्रदान चल्थ्यो !
दिउँसो बारीमा फलेको मुला लिएर दिदी निर्मला कहाँ गएकी थिइन्,त्यसैबेला देवर आइपुगे, भाउजू देखेर बेसरी भुत्भुतिए ।
ूबाबु न रिसाउनु होस्,हामी दुई घरको अरू को छर ? सामान्य बच्चाको विषयमा हामी परिवार नबोलेर अरूलाई तमासा बनायौं, म दाइलाई पनि सम्झाउँ छु, बच्चाहरू उतिखेरै मिलेर खेलेका छन्,हजुर हामी के भएका हौँ ?
त्यसो भन्दै गर्दा दाजु पनि कराएको सुने छन् र त्यही रिसाउँदै आएर दिदीलाई गाली गर्न लागे । भिनाजु के गर्न लाग्नु भयो ? सानो बच्चाको झगडामा हामी पाका मान्छे बोलचाल आवत जावत नै बन्द गर्न हुन्छ ?
अहिले भर्खरै केही भयो भने के गर्ने ? कसले सहयोग गर्छ ? त्यसैले हामी मिल्नुपर्छ,आपसमा मिलेर सहयोग गर्नुपर्छ । दुःखसुख सबै मिलेर बाँड्नुपर्छ ।
निर्मलाले त्यसो भन्दै गर्दा भाइ दाजुको नजिकै आएर उभिए,दाजु रिसले चुर भएर अन्त हेर्न लागे । भाइले दाजुको खुट्टा समातेर ढोग गर्दै क्षमा मागे । जेठाजुलाई पनि निर्मलाले जुहारेर ढोग गरिन्, दाजु अक्क न बक्क भए ।
त्यसै बेला दिदी अगाडि आएर बोलिन् । हेर्नुस् उहाँहरूको हामी ,हाम्रो उहाँहरू । अरू आफ्नो भन्ने यहाँ को छ र ? त्यसैले आजबाट ‘हजुरहरू मिल्नुस, हात मिलाउनुस्, बिन्ती छ’, भन्दै दिदीले आँसु झारिन् ।
दाजुले भाइलाई हेर्दै नजिकै आएर अँगालो हाले, दुवैका आँसु थामिएनन् । दुवै रुँदै अंकमाल गर्दै बसिरहे !