-पुरुषार्थभित्र कति सङ्घर्ष छन् ? कति सकस छन् ? कति साधना छन् ? कति रहर छन् ? कति जहर छन् ? ती देखिन्नन् । सत्य र पुरुषार्थ टेक्दा अलिकति गरलपान त गर्नुपर्छ नि !
-लेख्दा–लेख्दा खिइएका हात र थकित अनुहार देखेर कतिले लकीरका फकीर ठान्दा हुन् । कतिले यी काम निरर्थक ठान्दा हुन् । कति हाँस्दा हुन् बालुवा पेलेको देखेर । तर हामी बालुवा पेलिरहन्छौँ । कसो तेल नझर्ला !
माथिका दुई ओटा अंश हाम्रो पुरुषार्थ त्रैमासिक साहित्यिक पत्रिकाको सय अङ्कको सम्पादकीयबाट साभार गरिएका हुन् । यी अंशमा केही सत्य छिपेका छन् । नेपाली साहित्यिक पत्रिकाका इतिहासमा त्रैमासिक पत्रिकाले सय अङ्क पुर्याउनु चानचुने कुरा होइन । यो विरलै पाइने इतिहास रच्तै विशेष सेवा सम्पन्न गरेकामा हाम्रो पुरुषार्थका सम्पादकहरू र यसको प्रकाशक संस्था किरण पुस्तकालय गुल्मीलाई हार्दिक बधाई ।
किरण पुस्तकालय गुल्मीको तम्घासमा वि. सं. २०२५ कार्तिक २० गते स्थापना भएको पुस्तकालय हो । त्यही पुस्तकालयद्वारा स्थापना भएको पाँच वर्षपछि ०३० साल कार्तिक महिनामा पहिलो अङ्क प्रकाशित भएको हाम्रो पुरुषार्थ को २०८० कार्तिक – पुसको अङ्क पूर्णाङक १०० का रूपमा प्रकाशित भएको छ । स्वर्ण वर्ष शताङ्क (प्रथम भाग) का रूपमा प्रकाशित यस अङ्कमा अधिकांश हाम्रो पुरुषार्थ पत्रिकाबारेकै कविता, लेख, समीक्षा र संस्मरण प्रकाशित रहेका छन् । यी सामग्रीले पत्रिकाको कष्टसाध्य इतिहासलाई देखााउँछन् ।
सरसरती हेर्दा हाम्रो पुरुषार्थको १०० अङ्कको शुरुआत साहित्यिक पत्रकार रोचक घिमिरेसँग यसका सम्पादक, शशी पन्थी र डा. लक्ष्मीकान्त पन्थीले लिनुभएको अन्तर्वार्ताबाट भएको छ । एउटा साहित्यिक पत्रकारले अर्को साहित्यिक पत्रकारसँग लिएको यो वार्ता विशेष लाग्छ । यस अङ्कमा समेटिएका अन्य रचनामा पद्मप्रसाद शर्माको संस्मरण उल्लेख्य छ । यहाँ समेटिएका कविताहरूमा नारद गौतम, गणेश ज्ञवाली, हरिराज शर्मा (अर्याल), काशीनाथ मिश्रित, महेन्द्र पन्थी, डिल्लीराज अर्याल, भरतराज पौडेल, कृष्णादेवी शर्मा श्रेष्ठ र कोषराज न्यौपानेका रहेका छन् । यस अङ्कमा समेटिएका समीक्षा र टिप्पणीहरूमा डा. कपिल लामिछाने र वनमाली निराकारका लेख उल्लेख्य रहेका छन् । लेख निबन्ध र आलेखअन्तर्गत ६५ जना लेखक साहित्यकार र समालोचकहरूका रचनाहरू छापिएका छन् । ती लेखका लेखकहरूमा डा. जयराज आचार्य ,अर्जुन ज्ञवाली, चन्द्रकान्त आचार्य , मित्र उराठी गौतम, मुरारीविनोद पोख्रेल , डा. बाबुराम ज्ञवाली, मुकुन्द शर्मा चालिसे, राम ज्ञवाली, इला पन्थी, विनोद आचार्य, चोलेश्वर शर्मा, विषणुकान्त पन्थी, रुद्र ज्ञवाली, प्रा.डा. अनन्त पन्थी, डा. हिरण्य ज्ञवाली, हरिप्रसाद नेउपाने, तेजनिधि पौडेल, रेहित सैजु, विष्णु घर्ती भनभनेली, कमला गौतम, पुष्करराज रेग्मी, शिवशरण ज्ञवाली, गोपालप्रसाद बस्याल, राजेन्द्रगोपाल सिँह, डा. श्यामप्रसाद न्यौपाने, कृष्णप्रसाद बस्याल, भोलाकुमार श्रेष्ठ, विजय सागर, राजेन्द्रकुमार आचार्य, ओमप्रकाश अधिकार ीबेफुर्सदी, डा. सीता सुवेदी पन्थी, छवि ज्ञवाली, कमल श्रेष्ठ, ऋषि आजाद, जयदेव गौतम, लक्षमण ज्ञवाली, गोकर्ण मरासिनी, कमला न्यौपाने, डा. उत्तम पच्या, पुष्पराज पौडेल, खिमानन्द पोखरेल, तुल्सीदास गौतम, डा. कृष्ण भण्डारी मुमुक्षु , रामप्रसाद पन्थी, गणेश श्रीपाली, प्रदीप पौडेल, झविन्द्र भुसाल, वेणीमाधव ज्ञवाली, रमेशजंग कुँवर, मिलन समीर, डा. लक्ष्मीकान्त पन्थी, भट्टराई बन्धु, महेन्द्र थापा, प्रिति आत्रेय ज्ञवाली, पुर्णप्रसाद अधिकारी, गोपाल पन्थी, रह शर्मा, नवीन मरासिनी, रमेशमोहन अधिकारी, खगेन्द्र गिरी कोपिला, कविता पन्थी, सरुसुधा पन्थी, हेमराज पान्डे, मन्जु थापा , शेरजंग बस्नेत आदि रहेका छन् । यी रचनाले प्रायः यसै पत्रिकाको इतिहास खोतलेका छन् ।
हाम्रो पुरुषार्थ पत्रिकाले आफ्नो पचास वर्षको जीवनकालमा सय वटा अङ्क प्रकाशन गर्यो । तीमध्ये उन्नाइस वटा विशेषाड्ढ नै प्रकाशन भएका छन् र तिनका आधारमा यो पत्रिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको छ । भिन्न विधाका विशिष्ट सामग्रीका साथ निस्केका यस पत्रिकाका विशेषाड्ढहरूमा शुभाराज्याभिषेक विशेषाड्ढ, अन्तर्राष्ट्रिय बालवर्ष अतिरिक्ताड्ढ, समालोचना विशेषाड्ढ, लुम्बिनी अञ्चलको साहित्य र साहित्यकार विशेषाड्ढ, पुस्तकालय विशेषाड्ढ, साहित्यकार विश्वेश्वरप्रसाद कोइराला स्मृति अड्ढ, लेखनाथ अड्ढ, युवा वर्षाड्ढ, कथा विशेषाड्ढ, गुल्मी परिचयाड्ढ, नेपाली भाषिक संगोष्ठी विशेषाड्ढ, पत्रकारिता विशेषाड्ढ, डा. टीकाराम पन्थी विशेषाड्ढ, भानु विशेषाड्ढ, किरण पुस्तकालय, स्वर्णवर्ष विशेषाड्ढ, कवि प्रयासी स्मृति, अड्ढ, पं. भीमकान्त पन्थी शतवार्षिक स्मृति विशेषाड्ढ, रmरmक्षेत्र विशेषाड्ढ उल्लेख्य छन् । यसपूर्व प्रकाशित यी अठार विशेषाङ्कका शृङ्खलामा शताड्ढ (हाम्रो पुरुषार्र्थ) स्वर्ण जयन्ती विशेषाड्ढका रूपमा यो प्रकाशन भएको छ । यसको आरम्भ पनि लक्ष्मीजयन्तीमा भएको र शताङ्क पनि लक्ष्मीजयन्तीमा आरम्भ गरी सम्पन्न गरिएको एउटा संयोगपूर्ण इतिहास यस पत्रिकाले बोकेको छ । यस सताङ्कलाई पनि पहिलो भागका रूपमा प्रस्तुत गरिएका आधारमा यस पत्रिकाको अर्को विशेषाङ्क १०१ औँ पनि सताङ्ककै पुरक अङ्कका रूपमा आउने निश्चित छ ।
हाम्रो पुरुषार्थको सताङ्कको सम्पादकमा शशी पन्थी, सहसम्पादक दीन पन्थी र सहायक सम्पादक भुवनप्रसाद अर्याल रहेका छन् । शशी पन्थीले यस पत्रिकाको विकासमा ठुलो योगदान पुर्याएका छन् भन्ने कुरा यसको पहिलो अङ्कको प्रधान सम्पादक पनि शशी पन्थी नै भएबाट बुझिन आउँछ । पहिलो अङ्कको सम्पादकमा रहेर चिरञ्जीवी शर्मा र सहायक सम्पादकमा रहेर भेषबहादुर कुँवरले उनलाई सघाएका थिए । त्यहाँदेखि आज आइपुग्दा यस पत्रिकाको पूर्णाङ्क १०० वर्ष ५१ अङ्क दुईका रूपमा प्रकाशित भएको छ । यस पत्रिकाको पूर्णाङ्क ७९ देखि देखि इ-कपी पनि प्रकाशन हुन थालेको छ र यो नेपाली साहित्यिक पत्रकारिता जगत्मा स्थापित पत्रिका बनेको छ । यस पत्रिकालाई साहित्यसागरका तर्फबाट हार्दिक बधाई ।
-डा. रमेश शुभेच्छु