धनराज गिरी सक्रिय साहित्य स्रष्टा हुन् । उनका रचना साहित्यसागरका विभिन्न शृङ्खलामा समेटिइसकेका छन् । प्रस्तुत शृङ्खलामा गिरीको ‘गराउने तत्त्वबोध’ बोलको गजल समेटिएको छ । |
गराउने तत्वबोध लुकी हिंड्ने सरले !
कहाँ सबै मिल्छ हिसाब कलमको भरले !!
सय मृग जोगाउन भ्याउनैपर्छ बाघ !
यही सिकाएर गए राजा अकबरले !
किन जान्थे काननमा आफ्नै बन्धुहरू ?
किन भ्याए शिशुपाल कृष्ण चक्रधरले?
पराकम्पन भूकम्पको प्रतीक्षा पो हो कि ?
अनेक कुरा सम्झाउने साल बहत्तरले !!
आज फेरि हृदयमा आयो महाभारत !!
दु:शासनको छाती किन च्याते बृकोदरले ?