पाँचथरमा बिसेर शिक्षासेवा गरिरहेका होमनाथ तिम्सिना साहित्य क्षेत्रमा दु :खी महल चिम्सिना भनेर चिनिन्छन् । उनको पछिल्लो कृति सिन्धुमति प्रकाशित भएको छ । नौलो साहित्यिक बिहान साहित्यिक प्रतिष्ठान र कोर्काली अध्ययन केन्द्रको सहआयोजनामा कृति लोकार्पण भएको हो । पाँचथरका लब्ध प्रतिष्ठित लेखक, शिक्षासेवी एवम् सञ्चरकर्मीका माझ कार्यक्रमका प्रमुख अतिथि डा. रमेश शुभेच्छुले कृतिको लोकार्पण गर्नुभयो ।
लोकार्पित कृतिमा सिन्धु–मति, जीवन चौतारीमा, नाङ्गिएको गन्धर्व, आमा, प्रेमोन्वयन जस्ता पाँच वटा काव्य समेटिएका छन् । कृति लोकार्पण गर्दै सबै कृतिका विषयमा छोटो चर्चा गर्नुभयो । उहाँले दु :खीमहल तिम्सिनाको र आफ्नो विद्यालय जीवनदेखिको सहयात्रा पनि बताउँदै उहाँ लेख्न सक्ने प्रतिभा हो भन्नु भयो । उहाँले थप्नुभयो : तिम्सिनाज्यू लेख्न र परिमार्जन गर्न पनि सक्ने प्रतिभा हुनुहुन्छ । म उहाँका सबै कृतिहरू पढिरहेको र उहाँको प्रतिभा बुझिरहेको छु । आज एक जना समकालीन मित्रको । त्यो पनि दाइमित्रको कृति आफ्ना हातबाट लोकार्पण गर्न पाउँदा गर्व बोध भएको छ ।
कृति लोकार्पण नौलो साहित्यिक बिहान प्रतिष्ठानका अध्यष खड्ग बोहराको अध्यक्षतामा भएको थियो । बोहराले प्रमुख अतिथिलगायत सबै उपस्थित प्रतिभालाई धन्यवाद दिनुभयो । मधु केरुङले कृतिमाथि चर्चा गर्नुभएको थियो भने राजेन्द्र जवेगु, शान्ता गौतम, लक्ष्मी गौतम, विमला अधिकारी, डी. एम कन्दङवा, भवानी तावालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमका बिचमा लोकार्पित कृतिभित्रबाट र बाहिरबाट धनपति ढुंगेल, नारायण थपलिया, पवित्रा प्रयत्न, रोहित आङ्वो, साङ्सेन पन्धाक, शंकर आत्मा, प्रेम नेपाल र सन्देश सुब्बाले रचना वाचन गरेका थिए । कार्यक्रममा स्रष्टा दु :खीमहल तिम्सिनाले छोटो छरितो ढंगले कार्यक्रम सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद दिँदै छिटै अर्को कृति लिएर आउने प्रटिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा दु :खी महल तिम्सिनाको साहित्य यात्राबारे छोटो चर्चा गर्दै रवीन कोर्कालीले सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।