प्रेम राई परिक्षित साहित्य र शिक्षा सेवामा समर्पित व्यक्तित्व हुन् । साहित्यसागरको प्रसतुत शृङ्खलामा उनको ‘मसँग रुने’ बोलको गजल समेटिएको छ । यस गजल रचनाले समबन्धबिचका बेइमानीलाई विषय र विम्ब बनाएको छ । – सम्पा. |
मसँग रुने आँखाको नानी छ
हर रात साथ दिने सिरानी छ
पलपल रोए पनि एकान्तमा
पीडा लुकाई हाँस्ने बानी छ
आफू मरी फूल जोगाउने त्यो
म सँग काँडाको कहानी छ
नसोध्नु मलाई पीडाको कुरा
खुसीले हिर्काएको निसानी छ
आफ्नै जिन्दगी भनी म ठान्थेँ
चोट भन्छ अझ मोहियानी छ
नभन्नु मलाई खुब माया गर्छु
मायाको कत्लेआम फडानी छ ।