मानन्धर अभागी समकालीन पुस्ताका प्रतिनिधिमूलक गजलकार हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘साहित्यमा हेर’ बोलको गजल रचना समेटिएको छ । यस रचनाले साहित्य र कलालाई व्यापार वा लिनदिनसँग तुलना गर्नुनहुने विचार अभिव्यक्त गरेको छ । -सम्पा. |
साहित्यमा हेर नाफा नोक्सान हुँदैन
तर नाफा नखाने कुनै दोकान हुँदैन
दिनै नमिल्ने भए नदिए भै गयो नी
अपमान गरेर दिएको सम्मान हुँदैन
दिनेले दियो लिनेले लियो के थाहा
ए हजुर लिने कहिल्यै बैमान हुँदैन
कतै कतै साहित्यमा आफ्नै शासन
धेरै फुर्ती गरेर हजुर बलवान हुंदैन ।
मानन्धर अभागी