चिन्तु गिरीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी मोफसलमा रहेर नेपाली साहित्यको श्रीवृद्धिका लागि निरन्तर लागिरहेका प्रतिभा हुन् । प्रस्तुत शृङ्खलामा उनको ‘सधैै राम्रो देख्न पाऊँ’ बोलको गीतिरचना समेटिएको छ । यस रचनाले प्राकृतिक विम्बमा देशभक्तिको स्वर अभिव्यक्त गरेको छ । -सम्पा. |
सधैँ राम्रो देख्न पाउँ राम्रो सुन्न पाउँ
कोईलीको गीत सुन्दै दु:ख भुल्न पाउँ ।
यतिबिधी मानिसको किन लाग्छ माया
सबै आफ्ना ठानेको छु देख्छु दायाँबायाँ ।
तगारोले छेकी बाटो ढुङ्गा हाने पनि
हात हैन सकेजति खुट्टा ताने पनि ।
मैलो फाली बिरुवालाई पारे पनि दिक्क
मल बन्छ, फूल फुल्छ बनि ढकमक्क ।
बगैंचामा सयौँ थरी फूल फुलेका छन्
थेरै हुँदा बगानमा शोभा थपेका छन् ।
त्यस्तै गरी हाम्रा पनि हजार छन् थर
मुख्य जात नेपाली हो नेपाल हो घर ।