आकाश अधिकारी आफ्नो समयका सक्तिशाली स्रष्टा हुन् । उनी बहुमुखी ढङ्गबाट साहित्यसोवा गरिरहेका छन् । उनी साहित्यसागरकाबाट सम्मानित प्रतिभा पनि हुन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा अधिकारीको सृष्टिकर्ताको मेरुदण्ड गजल समेटिएको छ । यस रचनाले राजनीतिक तथा सांस्कृतिक विकृतिलाई व्यङ्ग्य गरेको छ ।
– सम्पा. |
खासमा सृष्टिकर्ताकै मेरुदण्ड भाँचिएको रहेछ !
धर्म, संस्कार किन मलजल गर्दै छ यो कुरुतिलाई !
माफ गर्नु महोदय मैले हतियार उठाई सकेको छु !
बम,बारुदले उडाउने छु तिम्रो कुरूप नियतिलाई !
सदियौं देखि ब्यार्थै आँसु पिउँदै बाचेका पुर्खाहरू !
युगको प्रतिनिधित्व गर्दै तोडदै छु म बिसंगतिलाई !
नाजायज प्रश्नको जवाफ जरुरत म ठान्दिन अब !
बराबरीमा उठाउँदै छु आकाश अनि यो सृष्टिलाई !
~आकाश अधिकारी -तनहुँ।