धनराज गिरी नेपाली साहित्यका विशिष्ट प्रतिभा हुन् । उनले विविध विधामा कलम चलाएका छन् । उनले स्वदेश विदेश जहाँ रहँदा पनि साहित्य साधनालाई निरन्तरता दिएका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ उनको सारभूत परिचयसहित ‘हैट कति ठुलो मान्छे’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले लेखककै जीवनको कुनै भेट घाट र यात्रालाई कथात्मक रुवरूप दिएको छ । -सम्पा. |
प्रोफेसर अद्भूतनारायण राजयोगोपाध्याय आनन्द एउटा झोला बोकेर निस्कियो यायावर भएर । घरमा बसेर फेसबुक चलाई दुनियाँलाई दिक्क बनाए जस्तो लागेको थियो । पत्नीलाई नातिनीको जिम्मा लगायो। उनी बाहिर निस्किन लजाउने ।“ मिसन मदनपोखरा, पाल्पा, पुर्खाहरूको थलो जिक । बेलुकी पुग्यो। नयनराज नेपालको नातेदार पत्ता लगायो । नेपाल र अर्यालहरू पनि गुरु नै। नयाँ मान्छे देखेर केही पाका,युवाहरू जम्मा भए । प्लस टुका चेलाचेली पनि । परिचय सुरु भयो।“ हजुर कसको सन्तान ?“
एक पाका,अर्या ल। “ पी एम !“ आनन्दको छोटो उत्तर । “ आम्मै,पी एमको छोरो ?“ एक युवती, मुख बाएर,सहेलीसित,“ कुन पी एमको होला कुन्नि ? “ “ पन्चायतकालको तुलसी गिरीको हो कि ? मान्छे हेर्दा नै जोगीजस्तो छ, तर हिरो जोगी“ रिया अर्याल । “ कहाँ बस्नुहुन्छ ?“ एक युवक । “ एम पीको घरमा !“ फेरि “ आम्मै, प्रधानमन्त्रीकै घरमा ?“ किशोर नेपाल, एक युवा । “ नातेदारहरू?“ एक युवती । “ डी एस पी,एस पी,आई जी पी,एम पी ! एस एस पी !“ अब भने सबैले बिस्फारित नेत्रले हेरे,“ यो मान्छे कि फटाहा हो, कि वास्तवमै निकै भी आई पी हो । मुलाको टाउको पनि अचम्मको छ, व्यक्तित्व पनि बादशाहको जस्तो छ । बोली पनि मीठो छ, नरम छ । आँखामा दम्भ देखिन्न । “ चमेली,गुरुमा ।
–––
“ हैट,यो मान्छे निकै ठूलो मान्छे हो । राम्रोसित खातिरदारी गर्नू । भोलि शीतल गिरीको पदयात्रा टोली पनि यतै आउने छ । हुँगी असेर्दी जाने हो ।“ पाका गुरु डिल्लीराम अर्याल । बेलुकी,कवि सम्मेलन भयो । आनन्दले तीन गजल र दुई छन्द कविता सुनायो । कृष्ण गुरु आमाको अनुरोधमा तीन हिन्दी गीत गायो । कृष्णले चिनिन्। इशारा गरेर मौन बस्न भन्यो।“ काका, भोलि रामपुर जाने !“ खुसुक्क मेसेज गरिन् ।“ हुन्छ छोरी !“ उत्तर दियो । ११ बजे नुनु !
––––
अर्को दिन, सबै जम्मा भए बिदाइको हात हल्लाउन माला लिएर। “ आदरणीय,प्यारा,स्नेही पाल्पाली आफन्तहरू,हिजो मैले हजुरहरूलाई आफ्नो परिचय अलि अनौठो पाराले दिएँ। म यहाँ झुक्याउन आएको होइन। म नेता होइन । पी एमको छोरो भनेको मेरो पिताको नाम परशुराम र माताको महामाया हो । बाआमाकै घरमा छु ।डी एस पी भनेको देवेन्द्र शर्मा पौडेल , एस पी भनेको शारदा पन्थी, आई जी पी भनेको इन्दिरा गौतम पौडेल, एम पी भनेको महेश पौडेल, एस एस पी भनेको शारदा ,शरादा र प्रतीक, सबै मेरा आफन्त । बरु म प्रोफेसर जगमोहन आजादको मितबा र नयनराज नेपालको दाजी,जेठान । हीरा नेपाल सर पनि दाजी । म सरस्वती ज्ञवालीको पनि दाजी । यो मेरो चारधाम हो । म रमाइलो गर्ने मान्छे, दुःख नमान्नुहोला है। “
“ हा हा हा, मनोज गजुरेलको पनि काका हजुर त!“ राधा सिग्देल। “ अरे राधा,होइन आधा, पूरै मिल्यो । म मनोज गजुरेलको मात्र होइन दीपकराज गिरीको पनि काका, मन गैरे र कृष्णको पनि काका ।“
“ हैट ,कति ठूलो मान्छे ! हजुर चानचुने मान्छे होइन । “ जिया नेपाल बोलिन्।
सबैको माया र सम्मान मुटुभरि बोकेर बिदा भयो आनन्द । राधाले गीत गाइन् ,“ चलते चलते मेरे ये गीत याद रखना …. “ आनन्दको आँखा रसाए ।कसैले पनि थाहा पाएन। “ काका,अब काकीलाई पनि लिएर आउनुहोला “ गुरुमा, भतिजी कृष्णको प्रस्ताव । “ हस् छोरी!“ आनन्द लाग्यो असेर्दीतिर ।