उदय निरौला नेपाली कविता र निबन्ध विधामा स्थापित प्रतिभा हुन् । उनका कोलाहल पिएर, जराहरू किमार्थमर्दैनन्, शीतको मफलर कवितासङ्ग्रहका साथै कोर्दै/मेट्दै निबन्धसङ्ग्रह प्रकाशित छन् । उनी आफ्नो समयका प्रतिनिधि कवि तथा निबन्धकार हुन् । साहित्यसागरमा उनको पूर्ण परिचय समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित एउटा ‘नेभेटेरै बोल’को गीतिरचना समेटिएको छ । यस गीतिरचनले प्राकृतिक विम्बहरूबाट प्रेमको गहिरो भाव अभिव्यक्त गरेको छ ।
-सम्पा. |
कहिले तिमी यता सर्छौ कहिले उता उता
नबोलेरै दिन बित्छ तिमी क्षितिजमा पुग्दा
आँखाहरू डुल्न थाल्छन् तिमीलाई खोज्दै
जीवन पनि पर सर्छ तिमीलाई नभेट्दै।
ओठमा तिम्रा म्वाईँहरू सग्बगाँउदा
आँखा हुन्छन् तिर मिर्
तुवाँलोको मद चड्छ शरिर बन्छ झम् झम्।
घाम पनि तितरिन्छ गालाहरू पोल्दै
यता भँगेरीले गाउन थाल्छिन् गाना
तिमी भने घाँमसँगै डाँडा खोली झर्छौ
नभेटेरै दिन बित्छ अनि बित्छ रात
सपनीमा अनि यो मन गर्न थाल्छ बात।
कहिले तिमी वर आँउछौ कहिले जान्छौ पर
कुन दैवले श्रापदियो मौन बस्ने व्रत
डाँडाहरू डाँको छोड्छन् कानमा खेल्छ नाद
नसम्झनु रैछ तिमीलाई तर क्षितिज देख्छु
नपाएरै तिमीलाई आनन्दमा डुब्छु।
कहिले तिमी यता सर्छौ कहिले उता उता
मौनतामै दिन जान्छ तिमी क्षितिज पुग्दा
मौनमै रात जान्छ तिमी क्षितिज पुग्दा।