आकाश अधिकारीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनले कविताका विभिन्न उपविधाका साथै नाट्यविधामा पनि कलम चलाइरहेका छन् । प्रस्तुत शृङ्खलामा उनको ‘हत्केला दिएको हुँ’ बोलको गजल रचना समेटिएको छ । यस रचनाले विश्वास गिरिएकै पात्रबाट हुने घातको विरोध गरेको छ । -सम्पा. |
हत्केला दिएको हुँ भविस्य बताउनको लागि!
कोट्याउदै छौ बिगत सायद तड्पाउनको लागि!
औंला समाएर नङ काटिदिन्छु भन्दै तानिरह्यौँ !
किन निकाल्यौँ रगत? शिरमा लगाउनको लागि
म टुहुरो,सबैबाट बिछोडिएको,अभागी मान्छे हुँ!
शिरमा हात राखि कुर्लियौं! फसाउनको लागि!
ईश्वर मलाई मान्छे किन बनायौं म सोधिरहेछु !
पागल भैसके म लैजाउ कोहि जचाँउनको लागि
मेरी आमाले मलाई सन्जिंबनी पियाउनु हुन्थ्यो !
धरापमा परेको यो मानवता बचाउनको लागि !!