दिव्य गिरी समकालीन पुस्ताका विशिष्ट कवि प्रतिभा हुन् । उनका कविता विधाअन्तर्गत पर्ने कविता, गजल, हाइकु र मुक्तकका कृतिहरू प्रकाशन भइरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको छ । यहाँ उनको सारभूत परिचयसहित तीन वटा हाइकु रचना समेटिएका छन् । -सम्पा. |
१.
अति उमङ्ग
आनन्द अनि हर्ष
नवीन वर्ष !
२.
बैशाख लाग्यो
माथिमाथि हावामा
डम्म तुवाँलो ।
३.
चैतको आँधी
झारिदेला कि गुँड
चराको बास !