डा. रमेश शुभेच्छु युवा पुस्ताका स्रष्टा, द्रष्टा एवम् साहित्य सञ्चार क्षेत्रमा सक्रिय प्रतिभा हुन् । उनको कलम निरन्तर विविध विधामा चलिरहेको छ । साहितयसागरको प्रस्तुत शृङ्खलामा उनको ‘हारमै हाँस्न सकूँ’ गीतिरचना समेटिएको छ । यस रचनाले आशावादी जीवनदृष्टि राखेको छ । -सम्पा. |
हारमा रुन दुख्न, हैन हारमै हाँस्न सकूँ
आफ्नै शिरमा विजयको टीका टाँस्न सकूँ ।
कसले दिन्थ्यो लौ खा भनी थाल थापी खाना
कसले दिन्थ्यो लौ ला भनी आङ थापी नाना
दुःखभित्र आँसु हैन खुसी खोज्न सकूँ
गल्ती अन्त मात्रै हैन भित्रै खोज्न सकूँ ।
खोज्न सकूँ
अग्ला घर होचा घर सम्याउने दिन
ल्याउँ भन्दा भन्दै गए उमेरका दिन
अझै पनि सकूँ केही सम्भावना खोज्न
परे सकूँ नहारेर बाधासँग भिड्न ।