![]() -सम्पा. |
मूल ढोकाबाट भित्र पसेदेखि नै बगैँचामा फूलेको सौन्दर्य र फूलहरूबाट निस्केको सुगन्धले ऊ अत्यन्त मोहित भएको थियो ।
घरभित्रको वातावरण बाहिरको भन्दा अझै मनमोहक र सुन्दर थियो । भुइँमा ओछ्याएको गलैँचा, झ्यालमा राखेको पर्दा र सोफा सेट, कुर्सी, बिजुली वत्ती, भित्तामा झुन्ड्याएको चित्रकला आदि देखेर ऊ निकै आश्चर्यमा परिरह्यो ।
भ¥याङका प्रत्येक खुड्किलाहरूमा सुनझैँ टल्किने पित्तलका ठुला ठुला गमलामा राखिएका विभिन्न रङका फूलहरू बाहिर बगैँचामा फुलेका फूलभन्दा पनि ठुला र आकर्षक थिए ।
‘आमा ! आमा ! बाहिरको फूलहरूबाट मगमग वास्ना आएको थियो तर यहाँका फूलबाट वास्ना आएको छैन, किन ?’
‘यहाँ राखिएका सबै फूलहरू प्लास्टिकबाट बनेका हुन् बाबु । मानिसहरू हिजोआज नक्कली फूलमा रमाउन थालेका छन् ।’
टीकाथली ललितपुर ।
![दिव्य गिरी](https://i0.wp.com/sahityasagar.net/wp-content/uploads/2021/07/Dibya-Giri.jpg?fit=100%2C100&ssl=1)