अरूणबहादुर खत्रीको परिचय साहित्यसागरमा समेटिइसकेको छ । उनी निरन्तर लघु गद्य र पद्य रचना गर्नका साथै समीक्षा क्षेत्रमा कलम चलाइरहेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको ‘ग्याँसको मूल्य’ शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले सामान्य विषयलाई कथाको रूप दिएको छ । -सम्पा. |
ग्यासको सिलिण्डर रित्तो भयो । घरनजिकैको ग्यास विक्री गर्ने पसलमा पुगेँ । खाली भएको ग्यासको सिलिण्डर दिएर आफ्नो नाम लेखाएँ ।
एक हप्तापछि गाडीबाट ग्यास झार्दै गरेको मैले देख्न पुगेँ । ग्याँस झार्दै गर्दा ग्यास बेच्ने साहुजीलाई आज झारेको ग्याँस मैले पनि पाउछु कि साहुजी भनेँ। आज तपाईले पाउनु हुन्न। अर्को पटक ग्याँस आउँदा पाउनुहुन्छ साहुजीले भने ।
अब अर्को पटक ग्याँस छिटै आएन भने ग्यासको सटेज भयो भने मलाई आपत पर्छ भन्ठानेर म अलमलिएँ । ग्याँसको के ठेगान ? मेरो घरमा ग्याँसको अभाव छ साहुजी एक सिलिण्डर ग्याँस जसरी भए पनि आजै मलाई दिनु नि मैले विनम्रसँग भने । मेरो अनुनय विनय भनेपछि एक सिलिण्डर ग्यास मलाई दिनुभयो ।
मैले ग्याँस किनेको भोलिपल्टै रातको बाह्र बजेपछि ग्याँसको मूल्य प्रति सिलिण्डर पच्चिस रूपैँया घटेको समाचार सुन्न पुगँे । ग्यासको मूल्य घटेको समाचार सुनेपछि मैले हिजो मात्रै साहुजीसँग मैले हत्ते गरेर ग्यास लिएँ । आजबाट ग्यास घट्न पुग्यो । मलाई त उल्टो पच्चीस रूपैँया नोक्सान पर्न गयो नि साहुजीले अर्को पटक आउँछ तपाईको पालो भन्नु भएको थियो । मैले आफ्नो पालो आउँदा नै ग्यास लिन कुरेको भए पच्चीस रूपैँया घटिमा लिन पाउँथे नि मनमनै भनेँ ।
सामाखुशी मार्ग, सरकारी धारा, काठमाडौं