कुसुम ज्ञवाली नेपाली साहित्यका क्षेत्रमा बहुमुखी ढङ्गले समर्पित प्रतिभा हुन् । उनी सिर्जना, सम्पादन र संगठनका बहुआयामबाट साहित्यका विकासमा लागिरहेका छन् । उनको परिचय साहित्यसागरमा समेटिइसकेको हुँदा यहाँ सारभूत परिचयसहित ‘बडी ल्याङ्वेज’ लघुकथा समेटिएको छ । यसले बुद्धकालीन परिवेशबाट मान्छेको चेहरा वा बडी ल्याङ्ग्वेजले झुट बोल्दैन भन्ने चेतना अभिव्यक्त गरेको छ । बोलिएको बोली, लेखिएको पत्र भन्दा हाउभाउ सत्य हुने पक्षलाई यस कथाले उजागर गरेको छ । – सम्पा. |
रुँदै चिच्याउदै आएकी युवतिले आफुलाई धोका दिनेहरूले वरबाद पारेको दुख बेदना शिष्यहरूको टोली सहित त्यहा आएका बुद्दलाई हात जोडेर विन्ति गरिन्। बुद्दले सधै झै सरलढंगले युवतिको धोकाको उपचार गरिदिने तर गाऊबाट एक माना तोरी लिएर आउन भने। यो छोरो मरेर बुद्द छेऊ आएकी ब्यथित मातालाई जस्तै स्वाभाविक सर्त थियो बुद्दको। धोका नपाएको ब्यक्तिको हात बाट मात्र तोरी ग्रहण गर्नुपर्ने थियो ।
दिनभरि खोजेर लखतरान फर्कलिन् र बुद्धले पुरानै उपदेश देलान् भन्ने शिष्यहरूलाई लागेको थियो । तर घाम ढल्कन लाग्दा तोरी मात्र होइन शाक्षी प्रमाणका लागि तोरीदाता अत्यन्त उर्जाशील र भर्भराउँदो युवक पनि लिएर युवती बुद्धको अगाडि देखा परिन् ।
बुद्धले युवकलाई सोधे– तिमीले धोका खाएका छैनौ ?
युवकले निर्धक्क छैन भने । बुद्धले युवकको आँखामा प्रज्ज्वलित सत्य सजिलै पढे ।
बुद्धले फेरि सोधे–तिमीलाई तिम्री प्रेमिकाले अत्यन्त झुठा प्रेमपत्र लेखेकी थिइन् नि त उसबेला, तिमी झुक्किएनौ ती पत्रहरू पढेर ? तिमीले धोका पाएनौ त ती अभिब्यक्तिबाट ?
युवकले भने– महात्मा ! मैले मेरी प्रेमिकाले लेखेका प्रेमपत्रका अक्षरहरू मात्र पढ्ने भुल गरेको थिइनँ । मैले अदरका बडि–ल्याङ्बेज पनि ध्यानसँग पढेँ । बडिल्याङ्बेजमा झुठ कसरी हुन्छ र धोखा हुनु महात्मा ? युवक पनि बुद्ध सँगसँगै उसै गरी मुस्कुरायो !