SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » पहिलो जुनी : जिजीविषाको अवतरण
पुस्तक अंश

पहिलो जुनी : जिजीविषाको अवतरण

मणि नेपाली पनेरूBy Sahitya SagarJanuary 15, 2023No Comments20 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

मणि नेपाली पनेरूको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिएको छ । उनी कवि, गीतकार एवम् आख्यानकारका रूपमा परिचित छन् । उनको सात जुनी उपन्यास प्रकाशित छ । यो उनको आत्मकथात्मक उपन्यास हो । यस उपन्यासको दोस्रो खण्डलाई साहित्यसागरको पुस्तक अंशअन्तर्गत समेटिएको छ । यस अंशमा स्वैरकल्पनात्मक विषयवस्तुलाई उठान गरिएको छ ।

-सम्पा.

मनासलु र बौद्ध हिमालको काखमा अवस्थित सुन्दर हरियाली गाउँ हो भुवाने । भुवानेको वास्तविक नाम भवानी गाउँ । परापूर्व कालदेखि नवदुर्गा भगवतीको सम्मानमा राखिएकाले सो गाउँ देवीको वासस्थान हो भनी विश्वास गर्ने रहेछन् । पछि गएर त्यही नाम अपभ्रंश भएर भुवाने भएको रे !

हुन त अन्य ठाउँजस्तै त्यहाँ केही भुवानहरू भएकोले पनि भुवाने भएको सुन्नमा आएको थियो । जे होस् यो गाउँ हराभरा र प्राकृतिक सुन्दरताले भरिपूर्ण थियो । अन्य गाउँको तुलनामा निकै घमाइलो पनि थियो । यहाँका मान्छेहरू रमाइला पनि थिए ।

साँझ पर्यो कि मादल बज्न थाल्थ्यो । त्यही मादलको तालमा मान्छेहरू नाचगान गरेर रमाउने गर्थे । यसै गाउँको एक उपगाउँ थियो ठुलास्वाँरा गाउँ । त्यही गाउँको कुरा हो यो । यो धेरै वर्ष अगाडिको कुरा हो ।

“नानी, यहाँ आऊ मेरो सानू ।”

हरियो बुट्टे फरिया र हरियै चोली लाएकी थिइन् । कम्मरमा पहेंलो पटुका बाँधेकी र टाउकोमा सेतो मजेत्रो लाएकी ठुलास्वाँरा मुखिनी । उनी एक प्रभावशाली व्यक्तित्व भएकी महिला थिइन् । हजुरआमाको आवाजले उसले आफ्नो मुटुभरि न्यानो अनुभव गर्यो । मानौं आमैको आवाज यो जाडोको रातमा आगोको राप हो । त्यो अविस्मरणीय आवाजमा जमानाभरिको स्नेह मिसिएको थियो । त्यहाँ हल्का अधिकारको भाव पनि थियो । कुरा स्पष्ट थियो । हजुरआमाले उसलाई केही काम लाउन चाहन्थिन् ।

“आउ बाबु हजुरआमाकोमा आऊ त ।”

“हजुर ।”

करिब छ वर्षको एक दुब्लो पातलो बालक हजुरआमाको नजिक गयो । उसको टालेको दौराको बाउलाभरि सिँगान र हिलो कट्कटिएको थियो । उसको दाउरा जस्तो सुकेका खुट्टामा न त जुत्ता थिए न त चप्पल । उसको आँखा चम्किलो तर गडेको थियो । ओठ कलेँटी परेको थियो, खुट्टामा सात पत्र मयल जमेको थियो । उसका कुर्कुच्चा पट्पटी फुटेका थिए । ऊ हजुरआमाका नजिक गयो । उसको बालशुलभ चञ्चल आँखा र भोक लागेको अनुहार निकै माया लाग्दो थियो । उसले केही खाने कुरा पाउने आशामा हजुरआमालाई टुलुटुलु हेर्यो ।

हजुरआमा ओजिलो अनुहार भएकी महिला थिइन् । उनी हल्का कालो वर्णकी थिइन् । उनी समाजमा ठुलास्वाँरा मुखिनीका नामले प्रतिष्ठित थिइन् । उनी सबैकी प्रिय अभिभावक थिइन् ।

मुखीनीहरूको परिवार गाउँको सबभन्दा धेरै जग्गाको मालिक थिए । उनीहरूलाई ठुलास्वाँरा खलक भनेर चिनिन्थ्यो । त्यसो भए पनि उनमा घमण्डको लेस पनि पाइन्नथ्यो । उनी भन्थिन्, “हामी अरू भन्दा कम गरिब भएर पनि यो पहाडमा बस्ने हामी सब गरिब नै हौं ।” आपत–विपत परेको बेला आफ्नो मुख मोसेर पनि दिने मुखिनी सबकी प्यारी आँवै थिइन् ।

आँवैले एउटा सानो टालोमा खट्टे भटमासको पोको दिँदै भनिन्, “ल हेर तिम्रो लागि खानेकुरा ।”

भोक लागिरहेको बेला खट्टे भटमासको पोको पाएर दंग पर्दै त्यो बालक खट्टे भटमास् मुक्याउन थाल्यो । एक छिनमा आँवैले भनिन्, “जाऊ बाबु साजनडाँडासम्म गएर बाख्राको लागि अलिकति घाँस काटेर ल्याऊ ।”

“म एक्लै जाने आँवै ?”

त्यति टाढासम्म एक्लै जाने अनुमति उसले कहिले पनि पाएको थिएन । हजुरआमाले उसलाई साजनडाँडा जाने अनुमति मात्र दिइनन्, अझ उत्साह थप्न लागिन्, “अब तिम्रा काकाकाकीहरू तिम्रो काम देखेर फुरूक्क पर्नेछन् । उनीहरूले भन्नेछन्, ‘अब बिस्ने ठुला भएछ । काम सघाउन थालेछ ।’”

हजुरआमाको प्रशंसाले ऊ गदगद भयो । उसले गर्व महसुस गर्न लाग्यो । मनमनमा अठोट गर्यो— “म आफूलाई योग्य छु भनेर देखाउनेछु ।” ऊ एउटा थोत्रो डोको र खोयाको बिँड भएको भुत्ते हँसिया लिएर बाटो लाग्यो । उसले मनमनै अर्को अटोट गर्यो— “अब मेरा काकाकाकीलाई म हुर्किसकें भनेर प्रमाणित गर्नेछु । म डराउन हुन्न, म साजनडाँडा मात्र होइन, साखोलासम्म गएर घाँस काटेर ल्याउँछु” भन्दै फटाफट हिँड्न लाग्यो ।

हातमा हँसिया र पिठ्यूँमा डोको बोकेर बिस्ने साखोलातिर लाग्यो । साखोला ठुलास्वाँरा भन्दा करिब ५ कि.मि. टाढा रहेको एउटा कञ्चन पानी भएको ठुलाखोला थियो जुन बाह्रै मास बहन्थ्यो । बिस्नेलाई साखोला जाने बाटो थाहा थियो । किनभने ऊ एकदिन गाउँका घाँस काट्न गएका ठुला मान्छेहरूका पछिपछि लागेर गएको थियो ।

ठुलास्वाँराबाट न्यौपाने गाउँ हुँदै ऊ ठुला सिमलको रूखनेरको मूलबाटोसम्म कुदेर नै पुग्यो । के सम्झेर हो कुन्नी ठुला सिमलको रूखलाई नियालेर हेरिरह्यो । कालिबोटेबाट माथि बौद्ध हिमाल र हिमचुलीलाई एक टकले हेरिरह्यो । उसलाई हिमाल मन पथ्र्याे । मान्छेहरूले उसलाई चित्त दुखाउँदा, रूवाउँदा, ऊ दौडेर ठुला सिमलको रूखनेर आउँथ्यो । त्यहाँ उभिएर हिमाल हेरिरहन्थ्यो । ऊ आफै फुलिन्थ्यो । हिमाल उसको दुखेको मनका लागि मलम सरह थियो । ऊ भुवाने गैरी र साजनडाँडा हुँदै साखोलातिर लाग्यो ।

त्यहाँ पुगेपछि उसलाई लाग्यो, साजनडाँडामा भन्दा साखोलामा राम्रो घाँस पाईन्छ । राम्रो घाँस देखेर हजुरआमा दङ्ग पर्नेछिन् । काकाकाकी खुसी हुनेछन् ।

आखिर जे मागे पनि ल्याइदिन्छु भनेपछि बिस्नेले फलामको दौरा सुरुवालको माग गर्यो । बाउले उसलाई फलामका दौरा सुरुवाल ल्याइदिन्छु भनेपछि बल्ल उसले छोडेको थियो ।

ठुलास्वाँरामा बिस्ने बाबु–आमा दुवै नभएको एक रुग्ण टुहुरो बालक थियो । वर्ष दिन अगाडि उसको बाबुको देहान्त भएको थियो । बिस्नेको बाउ ठुलास्वाँराको ठूले भनेर चिनिन्थ्यो । इमानदार र गाउँमा निकै लोकप्रिय मानिस थियो । ऊ हेर्दा होचो कदको तर हँसिलो मुहार भएको आकर्षक व्यक्ति थियो । ठूले गरिबगुरुवा देखेपछि द्रविभूत हुन्थ्यो । आफूलाई भए पनि नभए पनि अरूलाई दिने गथ्र्याे । त्यस्तो बानीले ठूले आफैचाहिं ऋणमा चुर्लुम्म डुबेको थियो ।

बिस्नेलाई आफ्नो बाउ निकै शक्तिशाली लाग्थ्यो । मान्छेहरूले हेला गर्दा बाबु नै थियो अगाडि, जसले उसको बचाउ गथ्र्याे । बिचरा सानैमा बोन टी.बी.रोगले ग्रसित बिस्ने अपाङ्ग नै थियो । मान्छेहरूले हेंला गर्थे । त्यस बेला सधैं बाउले नै बिस्नेको बचाउ गर्ने गथ्र्यो । बिस्ने आफ्ना बाबुलाई हमेशा पछ्याउँथ्यो । यतिसम्म कि दिसा बस्न जाँदा पनि पिसाब फेर्न जाँदा पनि कसै उसले साथ छोड़दैनथ्यो । बिस्ने आफ्नी आमालाई पनि माया गथ्र्याे । उसकी आमा डिलकुमारी सरल हृदयकी थिइन् । उनी सहयोगी महिला थिइन् । त्यसैले गाउँमा उनलाई सबैले मन पराउँथे । बिस्ने भने आफ्नी आमा भन्दा बाउतिर लहसिन्थ्यो ।

एक दिन बिस्नेका बाउ जागिर खोज्न गयो । बाउ जागिर खोज्न जाने बेला बिस्ने सँगसँगै हिँड्न खोज्यो । बाउले बिस्नेलाई काखमा राखेर माया गर्दै फुल्यायो । आफू बिस्नेका लागि राम्रा–राम्रा कुरा ल्याइदिन जान लागेको भनेको थियो । बिस्ने बाउ जाने बेलामा छारस्ट गरेर रोयो । आखिर जे मागे पनि ल्याइदिन्छु भनेपछि बिस्नेले फलामको दौरा सुरुवालको माग गर्यो । बाउले उसलाई फलामका दौरा सुरुवाल ल्याइदिन्छु भनेपछि बल्ल उसले छोडेको थियो ।

बिस्नेको बाउको प्रतीक्षा लामो रह्यो । उसको प्रतीक्षा जति गरे पनि ऊ फर्किएर आएन । ऊ कहिले पनि फर्केन । बिस्ने बाबुका अभावमा न्यास्रियो । उसले काकाकाकीहरूलाई सोध्यो, हजुरआमालाई सोध्यो । उनीहरूले भने, “तेरो बाउ खस्यो ।” बिस्नेले आफ्नो बाउ कहाँ खसेको भन्ने भेउ पाउन सकेन । बिस्ने ‘म पनि खस्छु कि’ भनेर डरायो ।

बिस्नेलाई लाग्यो सौरपानी डाँडाबाट खसे होलान् बाउ । उसलाई लागेको थियो सौरपानी डाँडा नै संसारको पल्लो छेऊ हो । त्यस ठाउँबाट कोही खस्यो भने कोही पनि बाँच्दैनथ्यो । बिस्नेलाई थाहा थियो उसको बा बेला–बेला सौरपानी डाँडा उक्लने गथ्र्याे । कतिपय बेला बिस्ने आफ्ना बाउ ठुलास्वाँरा पैरोबाट खसेको शङ्का लागेर धेरै पटक त्यहाँ पनि गएको थियो । बाबुलाई खसिरहेको देख्यो भने गाउँलेहरूसँग हारगुहार मागेर बचाएर ल्याउने योजनामा थियो ऊ । त्यसैले कैयौँचोटि पैरोको डिलमा गएर हेथ्र्याे । कतै केही नदेखेपछि जोडले ए बा…भनेर कराउँथ्यो । ऊ जति जोडले कराए पनि उसका बाउ कहिले पनि बोलेन । बिस्नेले बाउ खसेको अर्थ बाउ मरेको हो भन्ने जानेन । यस विषयमा उसलाई कसैले सम्झाउन पनि खोजेन । बिस्ने बाउको पीडाले सिठुवा सरी सुक्दै गयो ।

बिस्नेलाई अब गाउँभरि सबैले हेंला गर्न थाले । कतिपय बेला उसको कन्नापछाडि “यो बाउ टोकेर मार्ने अलिच्छना कुप्रेलाई देख्नै सक्दिनँ” भनेको सुन्यो । “यसले गाउँभरि अलिच्छन ल्याउने भयो” भनेको पनि सुन्यो । गाउँलेका कुरा सुनेर बिस्ने छक्क पथ्र्यो । मान्छेहरूले भनेको कुरा कति पनि नबुझेर आफै अलमलिन्थ्यो । ऊ आफूलाई नराम्रो भनेको हो भन्ने थाहा पाएर डाँको छोडेर रुन्थ्यो । “मैले आफ्नो प्यारो बाउलाई किन टोक्थेँ र ? के भनेका होलान् ?” बिस्नेलाई अरूले हेपे पनि उसकी हजुरआमा मायालु थिइन् । उसकी हजुरआमा सधैं बचाउने गर्थिन् ।

बिस्नेको बाउ ठुले जागिर खान गएको थियो । त्यस बेला ऊ आफ्नो जेठानसित चितवन गएको थियो, जहाँ हैजा लाग्यो । त्यही हैजामा परेर उसको मृत्यु भएको थियो । यो थाहा पाएर बिस्ने ज्यादै दु:खी बनेको थियो । बाबु मरेपछि बिस्नेकी आमा परिबन्दमा परिन् । उनले छोराको स्याहारसुसार गर्न सकिनन् । उनी परिबन्दले एक जना लोग्ने मान्छेसित फसिन् । तिनै लोग्ने मान्छेसित घरजम गरेर बस्न थालेपछि बिचरा बिस्ने पूर्ण रूपमा टुहुरो भयो ।

बिस्नेको स्कुल जाने उमेर भयो । ढिलो पनि भयो । त्यसो भए पनि परिवारले उनलाई स्कुल पठाएन । सबै जना स्कुल गएको देखेर ऊ पनि स्कुल जान्छु भन्थ्यो । उसलाई बाख्रा हेर्ने र घाँस काट्ने कामले छोडेन । उसलाई पढाउनुमा परिवारले कति पनि फाइदा देखेको थिएन ।

बिचरा टुहुरो बिस्नेले पाउनसम्म दु:ख पायो । उसले न त पेटभरि खान पायो, न त राम्रो लुगा लाउन पायो । दशैँमा समेत उसले नयाँ लुगा पाएन । प्राय: काकाहरूको पुरानो जडौरीलाई उसको नापमा सिलाएर लाउन दिइन्थ्यो ।

उसलाई गाउँभरिका मान्छेहरू खिसी गरेर हाँस्थे । ऊ धुरूधुरू रून्थ्यो, आफ्ना बाबुआमा सम्झन्थ्यो । अनि कहिलेकाहीं भुवानेको ठुला सिमलको रूखमुनि गएर डाँको छोडेर रून्थ्यो । रूने क्रममा बारम्बार आफ्ना बाउलाई पुकाथ्र्यो— “मलाई मान्छेले गाली गर्छन्, कुट्छन् । कुनै खेल खेल्न दिँदैनन् । खेले पनि जित्न दिँदैनन् । मलाई हेप्छन् । बाबु टोकुवा भन्छन् । अलिच्छना भन्छन् ।” यस्तै भन्थ्यो । खाली बाबुलाई पुकाथ्र्यो । बिचरा उसको कुरा कसले सुन्ने ?

आज बिस्ने अनौठो उत्साह लिएर हिँड्दै थियो । उसका हातमा हँसिया थियो । ढाडमा डोको थियो । ऊ उत्साहले साखोलातिर हिँडिरहेको थियो । ऊ भुवानेगैरी र साजनडाँडा हुँदै साखोलातिर हानिएको थियो । साखोला बाह्रै महिना बग्ने खोला थियो, जहाँ कञ्चन पानी बग्थ्यो । साखोला घरबाट झन्डै ५ कि.मि हुँदो हो । बिस्नेलाई साखोला जाने बाटो प्रष्ट थाहा थियो । किनभने एक चोटि ऊ अरू घाँस काट्न जाने गाउँलेहरूले नदेख्ने गरी पछि लागेको थियो । उनीहरूले थाहा नपाउने गरी फर्केको थियो । उसको मनमा प्रबल अठोट थियो । उसले साखोलाबाट राम्रो घाँस काटेर ल्याउनेछ । राम्रो घाँस ल्याएर आँवैलाई दङ्ग पार्नेछ । उसका काकाकाकीहरूले पनि चिन्नेछन् कि ऊ उनीहरूले भने जस्तो बेकारको पाटे अल्छी हैन ।

बिस्ने विस्तारै साखोलातिर नजिकिँदै थियो । बाटोमा डरलाग्दो अँधेरी खोला पथ्र्याे । एक थोपा पानी नभएको यो नाम मात्रको खोला दिउँसै रात परेझैँ अँध्यारो थियो । वनले सूर्यको किरण छेके पनि यो ठाउँ ओसिलो थियो । हाडे, पैते, चुलेत्रो, खरी, टाँकी आदि रहरलाग्दा बिरूवाहरूले ढाकिएको थियो अँधेरी खोला ।

अँधेरी खोलाको वातावरणले बिस्नेका मनमा पनि अँध्यारो छायो । बिस्नेका मनमा चसक्क डर पस्यो । ऊ आफ्नो उराठ लाग्दो दु:खी जिन्दगी सम्झेर मन अमिलो पार्यो । अनायासै उसका आँखाबाट दुई थोपा आँसु झरे । बिस्ने आफ्नो शारीरिक बनोटका कारणले अरूबाट पाएको उत्पीडन सम्झन्थ्यो, अनि फेरि दु:खी बन्थ्यो अनि क्रोधित पनि । आफू निर्दोष भएर पनि मान्छेहरूले किन दु:ख दिन्छन् भन्दै आफूमाथि अन्याय परेको कुरा महसुस गथ्र्यो । ऊ एक अत्यन्त जिज्ञासु बालक भए पनि हजारौं प्रश्नहरू अनुत्तरित थिए ।

ऊ मनमनै आफैसँग प्रश्न गथ्र्यो– ‘जुनको आकार किन बदलिन्छ ? इन्द्रेणी किन हराउँछ, पानी किन पर्छ ?’ आदि–आदि । यी कुरा मानिसहरूलाई सोध्यो भने हप्काएर पठाउँथे । त्यसैले ऊ स्कुल जान चाहन्थ्यो । उसलाई लाग्थ्यो, स्कुलका शिक्षकहरू जान्ने मान्छे हुन् । उनीहरूसँग उत्तर होलान् । बिस्नेले आफ्ना दु:खका कुराहरू सम्झ्यो । उसले आफूमाथि भएका अन्याय अत्याचारहरूबारे पनि सम्झ्यो । एक पटक गाउँले केटाकेटीहरूले स्याउलाको छाप्रो बनाएर उसलाई भित्र थुनी आगो लगाइदिएका थिए । आगोको लप्काबिचबाट ऊ चिग्रिएर (चिच्याएर) भागेको थियो । तर हृदयहीन केटाकेटीहरू ताली पड्काएर हाँसेका थिए— “यसलाई आफ्नै बाउकोमा पठाउने भनेको त मानेन,” भन्दै कराएका थिए । डर र पीडाले आक्रान्त बिस्नेलाई चिटचिट पसिना आयो ।

अँधेरी खोलामा ऊ भयभीत भयो । उसलाई वनको बाघले त छुन सकेन तर मनको बाघले खान थाल्यो । ऊ भयभीत भयो, दारा नङ्ग्रा भएका राक्षसहरू आएर उसलाई खान्छन् होला, उसको रगत पिउँछन् होला, ऊ न्वारानदेखिको बल निकालेर चिच्यायो, ए बा… !!! अचानक बिस्नेको सम्पूर्ण वातावरण झलमल्ल भयो । उसले आफ्ना अगाडि आफ्नै उमेरकी एक अत्यन्त सुन्दरी केटी देख्यो । त्यसलाई देखेर ऊ छक्क मात्र होइन, तीन छक्क पर्यो । केटी यति सुन्दरी थिइन् कि बिस्नेले त्यस्ती राम्री केटी न त वास्तविक जीवनमा, न त सपना वा कल्पनामा देखेको थियो । न त कुनै तस्बिरमा नै देखेको थियो । उसले देखेकी केटी असाध्यै सुन्दरी थिइन् । उनको अनुहार हिउँजस्तै गोरो थियो भने गुलाबी आँखा थिए, सम्पूर्ण मुहार पूर्णिमाको जूनजस्तै धपक्क बलेको थियो । उनको रूप भर्खर फुलेको कमलको फूलजस्तै ताजा थियो । उनका गहिरा नीला आँखामा जमानाभरको ज्ञान, बुद्धि, विवेक र विलक्षण प्रतिभा प्रतिबिम्बित भएको थियो । उनले सुन्दर बुट्टाले भरिएको सेतो रेशमी लुगा पहिरिएकी थिइन् ।

सुन्दरीका पोशाकमा ताराहरू चम्किरहेका थिए । उनको पहेँलो कपाल सुन जस्तै चम्किरहेका थिए । उनी दन्त्यकथाकी सुन्दरी सुनकेशरी मैयाभन्दा पनि सुन्दरी थिइन् । ती सुन्दरीले उसका अगाडि मन्त्रमुग्ध पार्ने मधुर मुस्कान छाडिन् । बिस्नेले आफूलाई उज्यालो शान्ति र आनन्दमा डुबुल्की मारेको अनुभव गर्यो । बिस्नेले उनलाई आफू र उनका बिच तुलना गर्यो, ऊ थियो एक कुरूप झुत्रेझाम्रे गरिब । आफ्ना अगाडि त्यस्ती परमसुन्दरी बालिकाले स्नेहसाथ हेरेरै मुस्काइरहेकी देखेर आफूलाई सपनामा छु जस्तो लागिरहेको थियो बिस्नेलाई । को होलिन् उनी ? कहाँबाट आएकी होलिन् ? आखिर बिस्नेले सम्पूर्ण साहस बटुलेर उनलाई सोध्यो, “तिमी को हौ ?”

“म जिजीविषा हुँ, तिम्रो आफ्नै जिजीविषा ।”

“मेरो आफ्नै जिजीविषा ?” उ ट्वाल्ल पर्यो ।

“हो बिस्ने ।”

सुन्दरीले उसको गाउँमा बोलाउने नामले उसलाई सम्बोधन गरी । जुन नाम उसकी हजुरआमाले पालनकर्ता भगवान बिष्णुको सम्मानमा दिएकी थिइन, बिष्णु ।

“म तिम्रो साथी हुँ ।”

“तिमी मजस्तो कुरूप र गरिबको साथी कसरी हुन सक्छ्यौ ?”

“त्यसले केही फरक पर्दैन, तिमी कुरूप छैनौ । तिम्रो सुन्दर मुस्कान छ । तिम्रो आत्मा सुन्दर छ । तिम्रो मन झनै सुन्दर छ ।”

“तिमी सपनासरी छ्यौ, के म तिमीसँग बेला–बेलामा कुरा गर्न सक्छु ?”

“अवश्य, अवश्य । तिमी राम्रो केटा हौ । म तिमीलाई माया गर्छु । म सधैँ तिम्रो साथी रहनेछु । बेला–बेलामा भेट्न आउनेछु ।”

“तिमी कहाँ बस्छ्यौ ?”

“म तिमी भन्दा खासै टाढा छैन ।”

“के तिमी वरदान दिन्छ्यौ ?”

“के वरदान चाहियो ?”

“मलाई वरदान देऊ कि मेरा बाउ बाँचेर आउन् । मलाई वरदान देऊ मेरी आमा मलाई लिन आउन् । मलाई वरदान देऊ कि मलाई कसैले हेला नगरून् । सबै जना मसित मान्छेको व्यवहार गरून्, दया देखाऊन् मलाई वरदान देऊ कि म स्कुल जान सकूँ ।”

यसो भन्दाभन्दै बिस्नेको गला अबरूद्ध भयो । बलिन्द्र धारा आँसु बगाउँदै डाँको छोडेर रून लाग्यो । जिजीविषाले बिस्नेलाई अँगालो हाली । उसलाई मायाले थप्थपाई । उसका आँसु पुछिदिई । “नरोऊ बिष्णु, हिम्मत नहार । सबै कुरा ठिक हुन्छ । म तिम्रो साथ छु ।” यसो भन्दै सुन्दरीले बिस्नेको हात बलियो गरी समाती । उसले हात समातेर साखोलातिर डोर्‍याई ।

जिजीविषाको स्पर्शले बिस्नेले अद्भूत शान्ति पायो । ऊ भित्र एक प्रकारको बलियो आत्मविश्वास जागिरहेको पायो । हुँदाहुँदै उनीहरू साखोला खोलामा पुगे । सङलो पानी भएको साखोला आफ्नै भाखामा सुसेल्दै थियो, आफ्नै सङ्गीतमा बग्दै थियो । जिजीविषाले बिस्नेलाई एउटा गोलो फराकिलो ढुङ्गामा राखी । उसले बिस्नेलाई आफ्नै हातले नुहाइदिन लागी । हरहर बास्ना आउने साबुन र स्याम्पुले बिस्नेलाई नुहाइदिई । शिरदेखि पाउसम्म पत्र–पत्र मयल माडी–माडी पखालिदिई । फेरि–फेरि साबुन लाएर पखाल्दै सफा बनाई । बिस्नेको अब पूरै शरीरमा चमेलीको फूलजस्तै मगमग बासना आउन थाल्यो । अनि जिजीविषाले बिस्नेलाई सुन्दर नयाँ कपडा लाइदिई ।

“यी लुगाहरू कहाँ थिए ?”

“यतै लडिरहेका थिए ।”

उसले बिस्नेलाई चमचमाउँदो सेतो रेशमको लुगा लाइदिएकी थिई, जसमा सुन्दर बुट्टाहरू भरिएका थिए, बिल्कुल राजकुमारको लुगाजस्ता । जिजीविषाले बिस्नेको हात समाउँदै भनी, “बिष्णु तिमीले आफूलाई कहिले पनि नराम्रो भन्ने नसोच्नू । तिम्रो भित्री रूप, कुनै सुन्दर राजकुमार भन्दा कम छैन, ल हेर ।” जिजीविषाले बिस्नुलाई ऐना देखाइदिई । आफ्नो नयाँ रूप देखेर बिस्ने दङदास पर्यो । पहिलाको बिस्ने कहाँ गयो थाहा छैन, ऊ त सुन्दर राजकुमारझैं बनेको थियो ।

“ल हेर त तिमी कति सुन्दर देखिन्छौ ? तिम्रो वास्तविक रूप यही हो । जस्तोसुकै अवस्थामा पनि यो कुरा नबिर्सनू । तिमी राम्रा छौ ।” बिस्ने हर्षविभोर भयो । उसले जिजीविषाका हात समातेर के के सम्झ्यो । साखोला खोलाको किनारमा रहेको हरियो चौरमा टहल्न लाग्यो । बिस्ने मख्ख पर्यो । उसले एक जङ्गली फूल टिपेर जिजीविषाको कपालमा लाइदियो, जिजीविषाले बिस्नेलाई अँगालो हालेर निधारमा हल्का चुम्बन गर्दै भनी, “बिस्नु तिमी कति ज्ञानी छौ ।”

कसैले उसलाई बिस्नु भनेर बोलाएको थिएन । त्यसरी मायालु बोली नसुनेको कति भइसकेको थियो । असमान कुराले बिस्नेका आँखामा हर्षको आँसु चुहियो । उसले सोच्यो कि ऊ संसारमा सबैभन्दा भाग्यमानी केटो हो । उसका जीवनमा भाग्यको वर्षा भइरहेछ ।

“बिस्नु ल आऊ मसँग । म तिमीलाई तिम्रो संसारको सानो पाटो देखाइदन्छु ।”

जिजीबिषाले बिस्नेको हात समाई । उनीहरू दुवै जना साखोलाको हरियो चौरमा थिए । दुवै त्यहाँबाट कल्पनामा उचालिए । बिस्ने हावामा उड्न लाग्यो । बिस्ने दङ्ग पर्यो, उसले आफू पनि चराझैं उड्न पाए कस्तो हुन्छ होला भनेर धेरै चोटि कल्पना गरेको थियो । आज उसको सपना पूरा भयो ।

उनीहरू अँधेरी खोला छिचोलेर साजनडाँडा पनि काटे । भुवाने गैरी र भुवानेमा स–साना पुतलीजस्ता मान्छेहरू खेतबारीमा काम गरिरहेको देखे । आफ्ना मिल्ने साथीहरू भोजे र भम्मेलाई देखेर बिस्ने करायो— “ए भोजे, ए भम्मे, ल मलाई हेर त, म त आकाशमा उडिरहेको छु । सक्छौ भने तिमीहरू पनि आओ ।”

जिजीविषाले उसलाई सचेत गराई—

“तिमीलाई कसैले पनि देख्न सक्दैन, न त तिमीले बोलेको सुन्न नै सक्छन् ।”

“मलाई किन देख्न नसक्ने, किन देख्न नसक्ने ?”

“हामीहरू अर्कै संसारमा छौं ।” जिजीविषाले भनी ।

उनीहरू नागबेली पहाडहरू छिचोल्दै गए । विशाल हिमालहरू नाघ्दै गए । फेरि घुमेर विशाल समथर भू–भागमाथि उड्न लागे । त्यसपछि उनीहरू एक उर्बर उपत्यकामा पुगे ।

“त्यो काठमाडौं उपत्यका हो, जिजीविषाले भनिन् ।”

“तिमी पढ्नलाई यही ठाउँमा आउनु पर्नेछ ।”

“यत्ति टाढा ? के म साँच्चै स्कुल जान सक्छु ?”

“अवश्य त्यो वरदान पूरा हुनेछ, तर मिहिनेत गरेर राम्रो पढ्नु पर्नेछ ।”

“म अवश्य पढ्नेछु । मेरो सम्पूर्ण मनले पढ्नेछु ।” बिस्नेले कसम खायो ।

“ल ठीक छ । ल हामी अब फर्कनुपर्छ ।”

बिस्नेलाई निद्राले छोपेझैं लाग्यो । बिस्ने कतिखेर निदायो । ब्यूँझिदा त उसले आफूलाई साखोलाको वनमा पायो । चारैतिर अन्धकार थियो । त्यहाँ कुनै सुन्दरी थिइनन् । ऊ एक्लै थियो । बिस्ने डरायो । जिजीविषा कहाँ गइन् ? को हुन् जिजीविषा, के हुन् उनी ?

तर एकैछिनमा उज्यालो भयो । पूर्वतिर उषाको लाली देखिन लाग्यो । बिस्नेले आफूमा एक अनौठो शक्ति पायो । म ठीक छु भन्ने आत्मविश्वास पलायो । उसले फटाफट घाँस काटेर डोको टन्न भर्यो । गरूङ्गो भारी बोकेर आफ्नो घरतिर फक्र्यो ।

अँधेरी खोलामा एक हुल घाँस काट्न आएका गाउँलेहरू बिस्नेलाई घाँसको भारी बोकेर आइरहेको देखेर दङ्गदास परे ।

“हामीले त तँलाई बाघले खायो भनी ठानेका थियौँ ।” सबै उसलाई देखेर गलल हाँसे ।

“आँटीको छोरालाई बाघले खाँदैन ।”

गाउँलेहरू उसको निडर उत्तर सुनेर छक्क परे । बिस्नेले आफूलाई निहालेर हेर्यो । ऊ कुरूप भुत्रेझाम्रे अवस्थामा थियो । तर ऊ भित्र एक साहसी र सुन्दर मानव मुस्कुराइरहेको थियो ।

“पर्ख गाउँलेहरू, म तिमीहरूलाई देखाइदिनेछु ।”

मनमनमा यस्तै के के सोच्यो । जिजीविषालाई भेटेपछि बिस्नेका रहरहरू फेरिए । ऊ भित्र स्कुल गएर पढ्ने प्रबल इच्छा जागृत भयो । एक दिन राती उसले आफू स्कुल गएको सपना देख्यो । भोलिपल्ट बिहानै ऊ पोल्टामा बासी मकै हालेर स्कुल जान्छु भनी सौरपानी डाँडातिर लाग्यो ।

दोस्रो पटक जाँदा बिस्नेलाई सौरपानी डाँडाको छेउबाट खस्ने डर लागेन । ऊ जिजीविषासित सैयौं डाँडाहरू माथि उडेको थियो । ऊ उत्साहले काम गर्न थाल्यो ।

बिस्नेलाई स्कुल कहाँ छ भन्ने थाहा थिएन । पछि अरू स्कुले केटाकेटीहरू देखेपछि उनीहरूकै पछि लाग्यो । स्कुल पुगेपछि उसले सुरेश भट्ट सरलाई भेट्यो । उसले सरसँग आफू पढ्न आएको भन्यो ।

“खै त किताब कापी र कलम ?” सरले सोधे । बिस्नेसँग उत्तर थिएन । सबै स्कुले विद्यार्थीहरू गलल हाँसे । सुरेश भट्ट सरले उसलाई मायालु नजरले हेरे । अरूले फ्याँकेका कापी र एउटा ठुला सीसा कलम थमाए । उसलाई शिशु कक्षामा पठाए । शिशु कक्षामा सुरेश सर पढाउँथे । उनले क ख ग पढाइराखेका थिए । कपूरी क, खरायो ख, गाई गोडे ग, घर जस्तो घ नाक थोप्ले ङ । चरी चुच्चे च ।

बिस्ने र साथीहरूदिनैभरि घोक्रो सुकुन्जेल त्यही दोहोर्‍याउँदै गए । अनि सुरेश सरले सबैलाई लेख्न सिकाए । त्यसरी सिकाउँदा कसैले पनि सजिलै लेख्न सकेका थिएनन् । बिस्नेले छिट्टै लेख्न सक्यो । पूरै क देखि ङ सम्म शुद्धसँग लेख्न सक्ने ऊ मात्र थियो ।

सुरेश सरले बिस्नेलाई स्याबासी दिए । उनले बिस्नेलाई औँल्याएर सबैलाई भने, “ल ऊ जस्तो हुनुपर्छ ।” बिस्ने फुरूङ्ग पर्यो । उसले धेरै पढेर ठुला मान्छे बन्ने अठोट गर्यो । धेरै लेखेर ठुला मानिस बन्ने अठोट गर्यो । बिस्नेले आफू स्कुल आएर ठीक गरेको ठान्यो ।

ऊ घर पुगेपछि ‘किन स्कुल गइस् ?’ भनेर कुटाइ खायो । बिस्नेले बाख्रा हेरेको छ भनेर ढुक्क पर्दा छिमेकीको बाली खाइदिएछ । ऊ दिनभरि हराउँदा घरका सबै मानिस रिसाएछन् । छिमेकीसँग पनि निकै झगडा परेछ ।

बिस्ने स्कुल जान थालेको दिन भोकै सुत्यो । तर ऊ रोएन, उसमा अपूर्व शान्ति मिलेको थियो । स्कुलको वातावारणले रोमाञ्चित बनाएको थियो । ऊ भित्र आत्मविश्वास मुस्कुराइरहेको थियो ।

बिस्नेको व्यक्तित्वमा आमूल परिवर्तन भएको थियो । ऊ अब डरछेरूवा र निरिह नहुने अठोटमा थियो । ऊ साहसी र अन्यायको विरूद्ध खडा हुने व्यक्तिमा परिणत भएको थियो । उसमा नजानिँदो जोश, जाँगर भरिएको थियो । उसले भित्र–भित्रै अठोट गरेको थियो कि ऊ स्कुल जानेछ । उसलाई औपचारिक ढंगले स्कुल जान मिलिरहेको थिएन । उसले एकदिन हजुरआमा एक्लै भएको बेला भन्यो, “आँवै, म अब स्कुल जान थाल्छु । म धेरै पढ्छु, ठुला मान्छे बन्छु ।” उसले आँवैको मुखैमा हेरेर भन्यो, “हजुरको लागि झोलाभरि पैसा कमाएर ल्याइदिन्छु ।”

हजुरआमा रूनुभयो । “कठै मेरो राजा, मलाई थाहा छ बाबु तिमी के चाहन्छौ । म तिम्रो इच्छा बुझ्छु । तर यो कुरा कसैलाई नभन है ? गाउँलेले बिस्ने बौलाएछ भनेर ढुङ्गा हान्न बेर छैन ।”

बिस्नेले भन्यो, “पढ्न जान्छु भन्ने मान्छे बौलाउँछ र आँवै ?” हजुरआमासँग उत्तर थिएन ।

बिस्नेले मनमनै अठोट गर्यो, “अब म कसैलाई भन्ने छैन । एकदिन जुरूक्क उठेर बाटो लाग्नेछु । जिजीविषाले भनेको ठाउँ पत्ता लाएर छोड्नेछु । चाहे जतिसुकै दु:ख पाइयोस् । छोड्ने छैन ।”

बिस्नेले आफूसित भएको दुई–चार पैसा लुकाएर राख्न थाल्यो । आमैले दिएको कनिका होस्, खट्टे भट्मास होस्, कोदोको रोटी नै किन नहोस्, बाटो खर्चको लागि जम्मा गर्न लाग्यो । उसको मनले गाउँ छोडेर कतै टाढा जाँदा खुसी हुने कल्पना गर्यो ।

एक दिन एकाबिहानै बाटो लाग्यो । घरबाट त भागेर निस्कियो । तर थाहा थिएन उसलाई । ऊ कहाँ जाँदैछ स्वयम् अलमलमा थियो । ऊ केबल त्यस्तो स्कुल जानेछ जहाँ उसले पढ्न पाउनेछ । उसका सबै अनुत्तरित जिज्ञासाको समाधान पाउने छ ।

बिस्ने हिँड्दै गयो । थकाई पनि नमारी हिँड्दै गयो । ऊ आफ्नो झुत्रेझाम्रे भेषमा निरन्तर हिँडिरह्यो । बाटो निकै विकट थियो । बाटामा बदमास केटाकेटीहरूले ढुङ्गा हान्दै खेदे । कति ठाउँमा भोटे कुकुर लाइदिए । कति ठाउँमा तर्साउन खोजे । जे गरे पनि बिस्नेका पाइलाहरू रोकिएनन् । ऊ निरन्तर हिँडिरह्यो । बिस्ने धेरै टाढा पुग्यो । उसले बाटो खर्चमा बोकेको खट्टे, भट्मास, कनिका सबै सक्यो । अब उसलाई गाह्रो थियो । ऊ बिल्कुल भोकै–प्यासै भएर पनि हिँडिरह्यो । बाटामा एक दिन एउटा चिलाउनेको रूखका टोड्कामा रात बितायो । उसले त्यहाँ रात बिताउँदाको समस्यालाई पर्वाह गरेन ।

उसले घर छोडेको दुई दिन दुई रात भइसकेको थियो । ऊ सौरपानी डाँडो काटेर ओरालो लाग्दा सारिगाउँका केटाकेटीहरूले लखेटेका थिए । अनि हुँडीखोला पार गरेर उकालो हिँड्दा थाकेर तीन चोटिसम्म बसेको थियो । अनि सुलीकोटको डरलाग्दो वनमा पुगेपछि ऊ बाघ–भालु आउँछ कि भनेर डरले कुस्तुर भएको थियो । अनि बल्ल–बल्ल देउराली आइपुग्न लाग्दा झमक्कै रात पर्दा त्यही कोदोबारीमा भएको चिलौनेको टुड्कोमा रात बितायो । तर हिम्मत हारेन उसले । ऊ आफ्नो गन्तव्यमा पुग्न हिँडी नै रह्यो । अनि देउरालीको दोकानको बाटो हुँदै तल मोती खोला तरेर हिँडुन्जेलसम्म आफू यहीँ नै पुगेँ भन्ने भेउ पाउन सकेको थिएन ।

भोलिपल्ट ऊ एउटा परालको कुन्युँमा बास बस्यो । ऊ त्यस कुन्युमा सुत्न पाउँदा अचानक चिरपरिचित ठाउँमा आइपुगे झैं मान्यो । बिहान उठ्ता उसले थाहा पायो । त्यो सानीमाको खेत रहेछ । ऊ सौरपानीबाट हिँडेर सानीमाको घर ओख्ले आइपुगेछ । बिहान उठ्ता उसले थाहा पायो । बिस्नेलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो । उसकी सानीमाले गर्नसम्म माया गर्थिन् । उसलाई उसकी सानीमाले हुर्काएकी थिइन् । सानामा काखमा लिएर घन्टौँ छातीमा टाँसेर राख्थिन् । उनी बोलाउँदा पनि ‘मेरो राजा, मेरो प्राण भन्थिन् ।’ बिस्ने पनि सानीमालाई औधी माया गथ्र्याे । सानाबा पनि बेसै थिए ।

बिस्नेलाई ओख्लेमा स्वागत भयो । ऊ सानीमाका छोरा रमेशको घरालो हुने भयो । ऊ त्यहाँ खुसीसाथ रहन थाल्यो । बिस्ने त्यहाँ पनि टिक्ने अवस्थामा थिएन । उसको सपना अर्को थियो । परिस्थिति अर्कै आउँदै थियो । उसको कथाको अन्त्य भएको थिएन । बरू कथाको सुरूवात भएको थियो । एक दिन बिस्नेले सानाबा र सानीमालाई खुसी पारेर प्रस्ताव गर्यो । दुवैलाई एकै ठाउँमा पाएर आफू स्कुल जान इच्छुक भएको बतायो ।

  • Sahitya Sagar
    Sahitya Sagar
मणि नेपाली पनेरू
मणि नेपाली पनेरू
Post Views: 253
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.