लीलाराज दाहाल (कर्मैया, सर्लाही) नेपाली साहित्यका वविध विधामा कलम चलाइरहेका युवा प्रतिभा हुन् । उनको परिचय साहित्यसागरका समेटिइसकेको छ । यस शृङ्खलामा उनको ‘भएको छ जिन्दगी’ गजल समेटिएको छ । यस गजलले जीवन र मानवीय स्वभावलाई मूल विषयवस्तु बनाएको छ ।
-सम्पा. |
भएको छ जिन्दगी सिरकको खोल जस्तै
शिकारु खेलाडीको संयोगको गोल जस्तै !
कसरी चाखे त तिनले के भनेर पिए ?
खल्लो रहेछ साह्रै नुनबिनाको झोल जस्तै !
तिमी सरेछौ नि हरे ! कस्तो बसाइँ त्यता
लाग्छ ठाउँ शून्य अपरिचित टोल जस्तै !
कति तोके त लीलाको बेच्नलाई मुल्य ?
सुन्दा नि हाँसो लाग्ने माग्नेको मोल जस्तै !
वागमती ११ , कर्मैया , सर्लाही