केटा: अनौठो छ यो दिल र मायालु पन छ
केटी: अनौठो छ यो दिल र मायालु पन छ
दुवै: त्यसैले त आऊ गरौँ प्यार भन्छ !
केटा: यो पहाड यो खोला यो मौसम के भन्छ ?
केटी: सुनिहेर दिलको त्यो धड्कन जे भन्छ !
दुवै: अरे यो त आफ्नो घरबार बन्छ
त्यसैले त आऊ गरौँ प्यार भन्छ !
केटा: पोहोर साल ढिलो भयो चाल, के भन्नु?
केटी: अहिले नि त्यस्तै छ है ताल ! के भन्नु?
दुवै: पुकार्दैमा दैव त्यसै मन मगन छ !
त्यसैले त आऊ गरौँ प्यार भन्छ !
केटा: घर्के त बेला फूलै काँढा बन्छन्
केटी: प्रतिक्षामा माया तर बढ्छ भन्छन् !
दुवै: अब प्रेमी साथको सफर गर्न मन छ
त्यसैले त आऊ गरौँ प्यार भन्छ !