पुरु लम्साल युवा पुस्ताका सक्रिय प्रतिभा हुन् । उनको कलम नाट्य र कवितात्मक दुवै विधाका विभिन्न उपविधामा चलिरहेको छ । उनको परिचय साहित्यसागरमा समेटिइसकेकाले यहाँ उनको सारभूत परिचयसहित यो झिलिमिली’ गजल समेटिएको छ । यस रचनाले यथार्थ बोधी दर्शनलाई आत्मसात गरेको छ ।
-सम्पा. |
यो झिलीमिली यो उत्सव सबै क्षणिक रहेछ
अँध्यारोमा बाँचेकाहरूलाई अँध्यारै ठिक रहेछ ।
आफूलाई परेपछि महसुस भएको छ यो कुरा
दिन-रात जन्म-मृत्यु यी सबै स्वाभाविक रहेछ ।
लास माथी चढाएको फूल पनि त लास नै हो
समाजले पागल भन्यो कुरो व्यवहारिक रहेछ ।
तिमी साथमा भएर पनि कहिल्यै काम लागेन
तिमी भन्दा त बरु मृत्यु कयौँ गुना नजिक रहेछ ।