रमेश शुभेच्छुको परिचय साहित्यसागरको पहिलो शृङ्खलामा समेटिएको छ । उनी साहित्य सिर्जना, समीक्षा, साहित्य सञ्चार र प्राध्यापनका बहुमुखी प्रयत्नबाट साहित्यसेवमा लागिरहेका छन् । साहित्यसागरको प्रस्तुत शृड्खलामा उनको एउटा गजल सिर्जना समेटिएको छ । यस सिर्जनाले समाजमा आफ्नो दुःखसुख पसल थाप्नु भन्दा आत्मविश्वासी बनेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिएको छ । -सम्पा. |
दुख पाएँ भन्नु किन ताली ताली मिल्छन् भने
किन साथीसँगी भन्नु जाली जाली मिल्छन् भने
मिले घरै माग साथी नत्र केको अंश वण्डा
अंश पाए पनि के भो पाली पाली मिल्छन् भने
छोड झोला, रित्तै हिँड, झोलासँगै मिल्छन् केही
किन बोक्छौ थोत्रा झोला भित्र खाली हुन्छन् भने
जावो सियो किन कुर्नु लाइन लागी अल्छीसँग
बोक हिँड जोत्नु पर्छ हला फाली मिल्छन् भने
नरोऊ भो फूल झर्दा फर्नुपर्छ फुलेपछि
पक्कै फूल फुल्छ फेरि राम्रा माली लिन्छन् भने ।