विष्णु के.सीको परिचय साहित्यसागरको पहिलो शृङ्खलामा समेटिएको छ । प्रस्तुत शृङ्खलामा उनको एउटा गीति रचना समेटिएको छ । प्रस्तुत गीतिरचनाले प्राकृतिक विम्बका साथ नेपाली राष्ट्रियतालाई अभिव्यक्त गरेको छ । -सम्पा. |
खुसी हुन्छु छातीभित्र जूनतारा हेर्दा
झुसी हुन्छु हिमाल छोई आ’को सास फेर्दा
क्षितिजको डिलमा बसी सगर छोऊँ जस्तो
तहतह पहाड देख्दा लाग्छ कस्तो कस्तो
खुसी हुन्छु नागबेली लहराले बेर्दा
झुसी हुन्छु हिमाल छोई आ’को सास फेर्दा
बेसीतिर अबिरल नदी सुसाउँदा
लेकतिर गुराँसले देश हसाउँदा
खुसी हुन्छु इन्द्रेणीका अनेक रङ हेर्दा
झुसी हुन्छु हिमाल छोई आ’को सास फेर्दा ।