धनराज गिरी मोफसलमा रहेर निरन्तर सिर्जना गरिरहेका विशिष्ट प्रतिभा हुन् । उनकाका सिर्जना साहित्यसागरका विभिन्न सशृङ्खलामा प्रस्तुत भइसकेका छन् । प्रस्तुत शृङ्खलामा उनको नेरु बन्ने योजनामा’बोलको गजल समेटिएको छ । यस गजलले गजल सिर्जनालाई नै विषयवस्तु बनाएर गजल विधा कमजोर बन्दै गएका प्रति व्यङ्ग्य गरेको छ । -सम्पा. |
नेरु बन्ने योजनामा भारु भयो गजल!
थापा राना पौडेल थाके थारू भयो गजल
कैले गौरी,प्रिया पत्त्थर शान्ति खोज्ने धुनमा
पारो रिया पर्वतकी पारु भयो गजल !
पोखरामा प्रकट भयो आवाज फेवासमीप!
खर्च हुन्न आजभोलि फारु भयो गजल !
दिक्क कृष्ण घनश्याम थाके परिश्रमी !
कतै तारा तारु जिया शारू भयो गजल !!
रोदनको दुनियाँमा ओझा बाबु आए !
आहा अङ्गूर माल्दा केरा आरु भयो गजल!