धर्मराज थापा नेपाली साहित्य र साङ्गितिक एवम् सांस्कृतिक क्षेत्रका विशिष्ट प्रतिभा हुन् । उनले नेपाली लोकगीत र समग्र लोकसंस्कृतिका विषयमा अनेक योगदान पुर्याएका छन् । जनकविकेशरीका रूपमा आदर गरिएका थापाले अनेक लोकगीतको संकलन र गायनका साथै स्वतन्त्र जनबोलीका गीत लेगन र गायन गरेका छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको चर्चित लोकगीत हह तारे हहलाई समेटिएको छ । यस गीतले नेपालको असारे संस्कृतिलाई राम्ररी उद्घाटन गरेको छ ।
-सम्पा. |
हो है ह ह !
हरियो डाँडामाथि हलो जोत्ने साथी
हो हो माले हो हो, हो हो तारे हो हो
ह ह ह ह ह ह हो र !
चाम्रोमाटो माथि बाल्दै मनको बाती
डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई
हो हो झुले हो हो हो हो लुरे हो हो
पख् पख् पख् पख् पख् पख् पख् पख् ह !
अनौं हलो समाई बाँझो खान्छ कमाई
हिउँद वर्षाभरि जोत्छ यसै गरी
हो हो तिर्खे हो हो हो हो तारे हो हो
त त त त त त रे हो !
त्यतिका दिन गयो बसेर के भयो
काम गर्ने दिन सबै भाइ हिंड
ह ह ह ह ह ह ह ह
हो हो माले हो हो
हो हो तारे हो हो