साहित्य सन्ध्याले विशेष कविगोष्ठी सम्पन्न गरेको छ । कोरोना महामारीका कारण केही श्रृङ्खला भर्चुअल हुँदै आएको कविगोष्ठी भौतिक उपस्थितिमा शनिबार (४ गते) रत्नराज्य लक्ष्मी क्याम्पसमा सम्पन्न गरिएको हो ।
‘नेपाली साहित्यमा प्रयोगशीलता’ विषयक कविगोष्ठी सम्पन्न भएको हो ।
गोष्ठीमा प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले साहित्य सन्ध्याको ४२९औं श्रृङ्खला सफलतापूर्वक सञ्चालन हुनु खुसीको कुरा भएको बताए ।
सहभागीहरूले ‘साहित्य आफैँमा प्रयोग हो’ भन्ने मान्यता अघि सारेका छन् । परम्परित प्रयोग वा मान्यताभन्दा फरक धार आयो भने प्रयोगशील मान्ने पनि प्रचलन रहेको छ । केही परिवर्तन नभई प्रयोग नहुने भन्ने मान्यता पनि छ ।
साहित्य सन्ध्याले हरेक महिना कविगोष्ठी गर्दै आइरहेको छ ।