शिशिर भट्टराईको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउछा आमा मुग्लान पसेकी छन् बोलको गजल समेटिएको छ । यस गजलले नेपाली समाजका वैदेशिक रोजगारीका समस्यासँग जोडेर विविध समस्यालाई प्रस्तुत गरेको छ । -सम्पा. |
‘आमा मुग्लान पसेकी छिन् दूध चुसाएर ।’
भन्दै थियो छोरो मनको गाँठो फुकाएर ।
छैनन् अचेल सीमानामा कोरिएका रेखा,
के होला खै ? गोर्खालीको कथा सुनाएर ।
सरकार भने खोजीखोजी बाँड्छ राहदानी,
पढाउँछ शिक्षकचाहिँ देश बुझाएर ।
यता आफू पढेपछि बेरोजगारी भा’छु,
सपेराचैँ जीवन धान्छ सर्प डुलाएर ।
बाँझिएका खेतबारी गाउँभरि देख्छु,
बस्छौ शहर गमलामा फूल फुलाएर ।
–सन्दकपुर इलाम, नेपाल