रामहरि पौडेल प्रवाशी नेपाली साहित्यकार हुन् । हाल बेलायतमा रहेका पौडेल पसिर्जना र नेपालीहरूमाझ साङ्गठनिक ढंगले सिर्जना गरिरहेका छन् । उनी स्वान्जी युनिभर्सिटी बेलायतमा पि.एच.डी. अध्यनरत छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको संस्कार शीर्षकको लघुकथा समेटिएको छ । यस कथाले विज्ञहरूलाई राजनीतिक दृष्टिले हेरिदिँदा पर्ने असरलाई देखाएको छ । यस कथाले विज्ञतालाई राजनीतिक आँखाले हेर्नुनहुने पक्ष उद्घाटन गरेको छ । -सम्पा. |
गैरआबासीय नेपालीहरूको अन्तराष्ट्रिय बिज्ञ सम्मेलन यानी “ग्लोबल नलेज कन्भेन्सन “ अक्टोबर १२ – १४ २०१८ धुमधामसँग सोल्टी होटेल क्राउन प्लाजामा तीन दिन सम्म झकिझकाउ रूपमा सुसम्पन्न भयो । मैले पनि स्वान्जी युनिभर्सिटिको प्रतिनिधित्व गर्दै “नेपालको उर्जा संकट र नवीकरणीय उर्जाबाट हुने दिगो समाधान “ का बारेमा आफनो चार बर्षे पीच. डीको विद्यार्थी अनुभव बाँड्ने अवसर पाएँ । देशका प्रधानमन्त्रीले समुद्घाटन गर्नु भएको उक्त सम्मेलनमा देशका प्राय सबै हाइ प्रोफाइल मन्त्रि योजनाविद्, प्रशासक , शिक्षाविद्हरूको ठुलो उपस्थिति र प्रस्तुति रह्यो ।
एउटा कार्यक्रममा एक जना वरिष्ठ मन्त्रीले आदर्श र संस्कारको लामो ब्याख्या गरे । हामी एन आर एनको रेमिट्यान्स मात्र होइन बौद्धिक ज्ञान र अनुभब ट्रान्सफर गर्न ब्यग्र रहेको सुनाइरहे । आफु भर्खरै अमेरिका गएको र एक जना भाइले कपासको टक्सिक मानेर फालिने बियाबाट कुखुरा , माछा र मानिसले समेत खान मिल्ने प्रोटिनयुक्त तेल बनाउन सकिने कपासको नयाँ प्रजातिको उत्पादन गर्न सकिने नयाँ बीउलाई उत्पादनमा लाने अनुमति अमेरिकाको कृषि विभागले स्वीकृति दिएको कुरा बडो सुन्दर रूपमा प्रस्तुत गरे । वरिपरी सबैले कुतूहलता प्रकट गरे ती मेधाबी बैज्ञानिकको नाम के होला ? किन ती मन्त्रीले तिनको नाम चाही लियेनन् भन्ने गाइँगुइँ चल्यो ।
अन्त्यमा थाहा भयो ती बैज्ञानिक मन्त्रीका पार्टीका मान्छे रहेनछन् । उनी मात्र बैज्ञानिक रहेछन् । कुनै पार्टीका सदस्य नरहेका वैज्ञानिक रहेछन् ।