कृष्ण धराबासी नेपाली साहित्यका विशिष्ट स्रष्टा हुन् । नेपाली आख्यान, निबन्ध र कविताका क्षेत्रमा उनको परिचय निकै सशक्त छ । साहित्यसागरको प्रस्तुत शृङ्खलामा भने उनको एउटा तस्बिरमा केन्द्रित छोटो आलेख समेटिएको छ । |
२०४१ सालको फोटो हो यो । यसमा इन्द्रबहादुर राई, बैरागी काइँलासँग झापाली भोक कविहरू हीरा आकाश, केशव आचार्य, कृष्ण धराबासी, अमृतलाल श्रेष्ठ, डिकमान विरहीलगायत अरू साथीहरू पनि । त्यो साहित्यिक वनभोज थियो कन्काई दोमुखामा । यो फोटो अहिले इतिहासको पन्ना बनेको छ ।