लन्डन- ११ वर्षका बालकले ह्यारी पोटरका संवाद चिनेर विश्व कीर्तिमान कायम गरेका छन् ।
बेलायतको म्यानिङ ट्री एसेक्सका एली चेम्लिकले ह्यारी पोटरको सबै संस्करणबाट उठाएका संवाद
बोल्ने चरित्र चिनेर गिनिज वल्र्ड रेकर्र्ड बनाएका हुन् ।
एलीले स्टार्स वार्सका शृंखलाबाट चरित्रले बोलेको संवाद मिलाएपछि वल्र्ड रेकर्डका लागि प्रयत्न गर्ने
मनोबल बढेको बताएका छन् । एलीले ६ वर्षको उमेरमा पहिलो पल्ट ह्यारी पोटर सिरिज पढेको र
पढ्ने बित्तिकै यसको फ्यान बनेको बताएका छन् । उनले रेकर्डका लागि थप पढेको र अन्ततः सफल
भएको बताएका छन् ।
उनले कीर्तिमानका लागि प्रयास गर्नुअघि साथीहरूसँग बारम्बार परिक्षण गरेका थिए । वल्र्ड रेकर्डका
लागि दुई जना टाइम किपर र दुई जना साक्षी हुनपर्छ । यसरी रेकर्ड गरिएको भिडियो गिनिजमा
पठाएर उताबाट स्वीकारेपछि उनको रेकर्ड औपचारिक भएको थियो ।