ललिता ‘दोषी’ नेपाली साहित्यका विविध विधामा कलम चलाउने प्रतिभा हुन् । उनका बालसाहित्य र साहित्यका दर्जनौँ कृति प्रकाशित छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको एउटा गीति रचना समेटिएको छ । यस गीति रचनाले मनको कुरा भनेर लेखेर नसकिने विचार व्यक्त गरेको छ । -सम्पा. |
लेख्नु पर्नेे धरै थियो
उडी जानुको कथा
मनभित्र उकुस–मुकुस
कठै ! आफ्नै व्यथा ।
लेख्नु पर्ने धरै थियो…….
भन् आकाश तँ नै
कहाँ छ गन्तव्य मेरो ?
निभ्दैन अभाव अहो !
सल्किरहन्छ डढेलो
लेख्नु पर्ने धरै थियो…….
विशाल थियो मन प्रियसीको
सिङ्गै समुद्रजस्तै ।
धनकै अभावमा अहो !
टाढा टाढा छु म जाँदै
दूर क्षितिज पस्दै
लेख्नु पर्ने धरै थियो…….
बुद्धनगर, काठमाडौँ, नेपाल