दिव्य गिरी नेपाली साहित्यमा विविध विधामा कलम चलाउने प्रतिभा हुन् । उनको कलम पछिल्लो समय लघुकथामा केन्द्रित बनेको छ । उनको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको हुँदा यहाँ उनको सारभूत परिचयसहित ‘चोर’ शीर्षककको लघुकथा समेटिएको छ । यस लघुकथाले राजनीतिक विसङ्गतिमध्ये सहकर्मीलाई बिर्सने वा पाखा लगाउने प्रवृत्तिको चित्रण गरिएको छ । सम्पा |
म यौटा यात्रामा एक्लै थिएँ । बाटोमा केही मानिसहरू भेटिए । उनीहरूले मलाई सोधे– तिम्रो यात्रा कहाँसम्मको हो? ।
त्यसको टुँगो छैन । तर म जहाँ पुगेर आफूलाई शुरक्षित र शान्तिको अनुभव गर्छु त्यहाँसम्म नै यात्रा बिसाउँँछु । मैले जवाब दिएँ ।
झहामी पनि यो यात्रामा सामेल हुन चाहँन्छौं । झ एक जनाले भन्यो । मान्छे हेर्दा ऊ भलादमी जस्तै थियो ।
मेरो स्वीकृति पाएपछि तिनीहरू पनि मसँगै यात्रा गर्न थाले । म चुपचाप थिएँ । तर तिनीहरू भने अनेक कुरा गर्दथे । तिनीहरूको कुरा सुन्दा म आफैलाई पनि डर लाग्न थाल्यो । तिनीहरूको मुखबाट केवल सत्ता, पद, पैसा र कुर्सीबाहेक अरू शब्द निस्केको थिएन ।
केही पर पुगेपछि म तिनीहरूसँग अलग हुने विचारले एकान्तमा रहेको एउटा कुटीतर्फ गएँ । तिनीहरू पनि मेरो पछिपछि लागे । म सरासर गएर कुटीको ढोका ढक्ढकाएँ ।
एकजना वृद्द बाबाले ढोका उघारेर बाहिरतिर हेरे । अनि मसँग सोधे – तिमीले यिनीहरूलाई किन यहाँ ल्याएको ?
यिनीहरूले मसँग यात्रा गर्न अनुरोध गरे । म पनि एक्लै थिएँ । मैले हुन्छ भनिदिएँ । तर यिनीहरूको कुरा सुन्दा मलाई नै डर लाग्यो । यिनीहरूको साथ छोड्छु भनेर यहाँ आएको हुँ । माफ गरिपाऊँ । मैले हात जोेडेर भनेँ ।
तिमीले जसलाई असल ठानेर आफ्नो यात्रामा सामेल गरायौ वास्तबमा यी सबै चोर हुन् ।
यिनीहरूकै कारण मेरो पनि यो कुटीको बास भयो ।