- गीत
आकाश अधिकारीको परिचय साहित्यसागरका अघिल्ला शृङ्खलामा समेटिइसकेको छ । यहाँ उनको एउटा गीतिरचना समेटिएको छ । ‘म जागै बसेको छु’ बोलको यस रचनाले प्रतीक्षाको घडीलाई निकै जीवन्त रूपमा अभिव्यक्त गरेको छ ।
-सम्पा. |
यो धर्ती उठेछ आकाश छुनलाई
म जागै बसेको छु पर्खेर उनलाई ।
मरेर आशा मौनता चुलियो
टुटेर बिश्वास कर्तव्य भुलियो
भुल्नु हुदैन सुख मा गुनलाई
म जागैं बसेको छु पर्खेर उनलाई !
यो धर्ती !!!
यो नाता सम्बन्ध जतनले समाल्नु
फूलले यो धर्ती जुरुक्क उचाल्नु
कसरी लिने हो सुख र दुःखलाई
म जागै बसेको छु पर्खेर उनलाई !
यो धर्ती!!
तनहुँ