- समाचार
यसैसाता स्रस्टा साँझ अमेरिकाले गाईजात्रा विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । कार्यक्रम भर्चुअल माध्यमबाट भएको थियो ।
कार्यक्रममा नेपालका विभिन्न स्थानबाट स्रष्टाहरूको सक्रिय सहभागिता रहेको थियो । तेपालका इलामबाट प्राध्यापक डम्बर पहाडी “एलाक”,झापाबाट प्रेम ओली, विराटनगरबाट नेपाली दुर्गा, पोखराबाट गंगा कर्माचार्य पौडेल, भक्तपुरबाट कृष्ण मुरारी गौतम, “चट्याङ मास्टर”,साहित्यसागरका कार्यकारी सम्पादक रमेश सुभेच्छु, काठमाडौँबाट सिस्नोपानी नेपालकी हरिकला उप्रेती, मन्जुश्री गिरी, पवन बुढाथोकी, आरसी रिजाल, तारा केसी, डिल्ली मूलतिहुन आदि स्रष्टाहरू सहभागी भएका थिए ।
त्यसैगरी भारतको सिक्किमबाट त्रिपुरा खरेल र सिलिगुडीबाट कृष्ण प्रधान उपस्थित भएका थिए । क्यानडाको अटवाबाट सुरेन उप्रेती र टोरन्टोबाट डाक्टर गोविन्दसिंह रावत सहभागी भएका थिए । अमेरिकाको न्यूयोर्कबाट डाक्टर मधु माधुर्य श्रेष्ठ, विश्वराज अधिकारी ओक्लोहमाबाट प्रभात दिक्षित टेक्सास, वसन्त श्रेष्ठ भर्जिनिया, भगवती पौडेल डालसबाट, खेमराज पोख्रेल टेक्सासबाट सक्रिय सहभागिता जनाएका थिए ।
स्रस्टा साँझका अध्यक्ष प्रभात दिक्षितबाट सबै उपस्थित साहित्यकारहरूलाई स्वागत गरी कार्यक्रमको प्रारम्भ भएको थियो । सहभागी साहित्यकारहरूले आआफ्ना घोचिला र पेचिला हाँस्यव्यग्यहरू प्रस्तुत गरेका थिए ।
समसामयिक बिकृति र बिसंगतिका श्रव्य दृश्यका रूपमा प्रस्तुत गीत कविता गजल मुक्तक र एलाकले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। प्रेम ओलीको “पुर्पुरोमा लेख्ने बाजे” ब्यग्य कविता सुनाउनु भयो। त्यस्तै डाक्टर गोविन्दसिंह रावतले तीनवटा मुक्तक ‘अवला’ ‘घण्टा’ ‘जी’ ‘पार्क’ ‘नेताआ’ आदि व्यंग्य कविताहरू सनाए । तारा केसीले “मान्छेको सोचाई” “ वहाँ” “सरकार” “खिचातानी” शिर्षकका मुक्तकहरू सुनाइन् भने वसन्त श्रेष्ठका तीनवटा व्यग्य मुक्तक “अमेरिका” “नेपाल” “नअल्मल्याउ अब” प्रस्तुत भएका थिए । प्राध्यापक डम्बर पहाडीका एलाक र मुक्तकहरू वाचन गरेका थिए । “करबृद्धि नगरपालिका” “कोक्रामा नातानातिनी” मुक्तक “रत्नपार्कमा” “छोडेभयो” “डाउटछ” “भोट” “भ्रष्टचार” “चोट्टेपरेकोछ”।त्रिपुरा खरेलको व्यग्य कविता ‘गाइजात्रा कविता’ गङगा कर्माचार्य पौडेलको ‘आलुको झोल’ डाक्टर मधुमाधुर्य श्रेष्ठ ‘क्यालेण्डर’ शीर्षकको व्यग्य कविता कार्यक्रममा वाचन भएका थिए ।
मुक्तककार मन्जुश्री गिरी मुक्तक ‘गाईजात्रा’ ‘कठैनेता’ ‘विचार गर्दै गर्नु’ ‘छुई’प्रस्तुत भएका थिए भने रमेश सुभेच्छुले पनि कविता सुनाएका थिए ।
हाश्य व्यंग्यकार सिस्नोपानी नेपालका संस्थापक चट्याङ मास्टरले कार्यक्रकमको प्रमुख आतिथ्यता गरेका थिए । हँसाउने कार्य राजनीतिज्ञहरूले लिएको हुनाले आफूले व्यग्यमात्र लेख्ने गरेको उनले कटाक्ष गरे ।
कार्यक्रमको अन्त्यमा विश्वराज अधिकारीले सबै सहभागी साहित्यकारहरूलाई धन्यवाद धन्यवाद दिएका थिए ।