- बालसाहित्य
मणि नेपाली पनेरूको परिचय साहित्यसागरको माधव घिमिरे विशेषाङ्कमा समेटिइसकेको छ । उनी साहित्यसागरका अध्यक्ष पनि हुन् । यहाँ उनको चङ्गा शीर्षकको बालकविता मेटिएको छ । यस कविताले बालबोध्य भषामा चङ्गा चेलाइरहेको बालकको कथ्यलाई समेटेको छ ।
-सम्पा. |
मणि नेपाली पनेरू
छोड छोड सानी निर्मल गङ्गा
आयो मेरो चङ्गा
फटफट गर्दै स्वर्गको दुतझैँ
उड्दै आयो चङ्गा
रातो पहेंलो पानबुट्टे पुच्छर
रमाउँदै आयो चङ्गा
हावामाथि कावा खाँदै
आयो मेरो चङ्गा ।
कसले सक्छ चेट गर्न
उड्यो मेरो चङ्गा
आकाशको खबर बोकी
फिर्छ मेरो चङ्गा ।
अमेरिका