SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन
बालसाहित्य

राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीमा व्यक्तित्व चर्चा र रचनावाचन

साहित्यसागर डेस्कBy साहित्यसागर डेस्कSeptember 30, 2021No Comments3 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

काठमाडौं : 

यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ
हाँसी हिँड्छन् पथिक अरुको दर्द को आज सुन्छ
मेरो शिल्पी यस सकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।

नेपाली काव्यसाहित्यका राष्ट्रकवि माधवप्रसाद घिमिरेको बिहीबार जन्म दिन। वि.सं. १९७६ असोज ७ गतेका दिन लमजुङ जिल्लाको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा गत साल भाद्र २ गतेका दिन निधन भएको थियो।  स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीमा काव्य सृजना गर्नुहुने राष्ट्रकवि घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरियो। ‘गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली, जय, जय, जय नेपाल, सुन्दर, शान्त, विशाल’ बोलको गीतसँगै सुरु भएको  कार्यक्रमको आरम्भमा कुलपतिद्वारा पानसमा दीप प्रज्वलन गरिएको थियो भने राष्ट्रकवि घिमिरेको तस्बिरमा कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ परिषद्का सदस्यहरू र राष्ट्रकविका कान्छा छोराले माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए।

कार्यक्रममा बोल्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सृजना गर्ने साधक भएको उल्लेख गरे। उनले भने, ‘राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी सृजना गरिएका सृजनाहरू कालजयी छन्।’ कुलपति उप्रेतीले नेपाल प्रज्ञा–प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहेका चर्चा गरे। उनले राष्ट्रकवि घिमिरे प्रज्ञा–प्रतिष्ठानको अभिभावक भएको बताए। उनले भने , ‘आफ्नो अभिभावकको जीवनको अन्तिम र महत्त्वकाङ्क्षी महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारका सदस्यको अनुमति प्राप्त भएमा प्रज्ञा–प्रतिष्ठान छाप्न तयार छ।’

उपकुलपति डा. जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गरे। उपकुलपति डा. गुरुङले राष्ट्रियतासम्बन्धी उनका अमर सृजनाहरूकै कारण राष्ट्रले उनलाई राष्ट्रकविको उपाधिद्वारा सम्मान गरेको धारणा व्यक्त गरे।

सदस्य सचिव प्राध्यापक जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुद बनाउनमा राष्ट्रकवि घिमिरेका सृजनाहरूले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख बताए। उनले भने, ‘प्रकृतिलाई मानवीकरण काव्य सृजना गर्नु राष्ट्रकवि घिमिरेका विशिष्ट पक्ष हुन्। यही कारण उहाँ लोकका कवि, राष्ट्रका कवि राष्ट्रकवि हुनुभएको हो।’

कार्यक्रमको सभाध्यक्षसमेत रहेका साहित्य (पद्य-काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उनको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताए। उनले राष्ट्रकविका सृजनाहरूले नेपालका नागरिकलाई राष्ट्र र राष्ट्रियताप्रति प्रेम गर्ने अमर सृजनाहरू दिएका बताए।

प्राज्ञ सभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन, उनकी धर्मपत्नी महाकाली घिमिरेको सम्मानमा आजीवन भत्ताको व्यवस्था र राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गरे।

राष्ट्रकवि घिमिरेका कान्छा छोरा इन्जिनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृतिहरू सुनाए। उनले भने, ‘म हरेक दिन घरबाट कामका लागि बाहिर निस्किने बेला बुवाको फोटोसहित अङ्कित ‘क्यै काम नौलो नगरी नजाऊँ’ भन्ने कविताअंश पढ्छु अनि ममा दिनभरि अजस्र ऊर्जा प्राप्त हुन्छ।’  उनले आफ्ना बुवाले जीवनको अन्तिम समयमा ‘ऋतम्भरा’ महाकाव्यमा केही परिमार्जन गर्नुपर्ने कुरा टिपोट गराउनुभएको स्मरण गरे। ‘पहिले त बुवाका अक्षर राम्रा थिए, पछि हात काप्न थालेपछि अक्षरहरू नबुझिने हुँदै गए। महाकाव्यका कतिपय अक्षर नबुझिने छन्। हामी खुट्याउने प्रयास गरिरहेका छौँ। अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याउने छौँ’, उनले भने।

कार्यक्रममा साहित्य (लोकवार्ता र बालसाहित्य) विभाग प्रमुख डा. देवी नेपालले राष्ट्रकविका प्रवृत्ति झल्किने विभिन्न प्रतिनिधिमूलक रचनाहरू पाठ गरेका थिए। यसै गरी कार्यक्रम तथा योजना महाशाखा प्रमुख लक्ष्मी गौतमले राष्ट्रकविको ‘गौरी’ शोककाव्यभित्रको एक अंश पाठ गरेकी थिइन्।

कार्यक्रममा प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त,     प्रा.डा. योगेन्द्रप्रसाद यादव, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली, प्राज्ञ सभाका सदस्यज्य, आजीवन सदस्य, प्राज्ञ परिषद्का पूर्व पदाधिकारी, लेखक÷कवि, साहित्य अनुरागी, सञ्चारकर्मी तथा प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन प्राज्ञ सभा सदस्य एवम् सञ्चार तथा डायास्पोरा संयोजक शशी लुमुम्बूले गरेका थिए।

  • साहित्यसागर डेस्क
    साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
साहित्यसागर डेस्क
Post Views: 542
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

बैङ्क्वेट

June 26, 2023

बाँदरका हातमा लड्डु

March 2, 2023

साझा जङ्गल

February 28, 2023

डमरु र बचेरा

January 14, 2023

के पढ्छ किशोर पुस्ता ?

February 28, 2022

गङ्गारामको कविता

February 21, 2022

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.