काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा नेपाली कलाकारितामा योगदान पुर्याएका व्यक्तिहरुलाई पदकद्वारा सम्मान गर्ने घोषणा गरेकी छन्।
राष्ट्रपति भण्डारीले लोकदोहोरी गायकदेखि चलचित्रका कलाकारलाई पदकद्वारा सम्मान गर्ने भएकी हुन्। प्रबल जनसेवाश्री पदकबाट गायिका विष्णु माझी, अभिनेता रमेश बुढाथोकी, कलाकार दीपाश्री निरौला, कलाकार हेमन्त बुढाथोकी, चन्द्रप्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, कलाकार नवल खड्का, कलाकार प्रकाश घिमिरे र गायक कस्तुप पन्त सम्मान हुने भएका छन्।
त्यस्तै जनसेवाश्री पदकबाट हेमन्त शर्मा, गायक प्रकाश सपुत, अभिनेत्री केकी अधिकारी, अभिनेता अनमोल केसी, फिल्म निर्देशन मिलन चाम्स, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’, नृत्यांगना तेरिया मगर, फिल्म निर्माता राजकुमार राई, मैथली कलाकार रञ्जु झा, कलाकार राधिका हमाल, गायक नविनकुमार पौड्याल, कलाकार सुजल बम, नृत्यकार महेश प्रकाश हाडालाई सम्मान गरिने राष्ट्रपति भण्डारीले घोषणा गरेकी हुन्।
महाउज्वल राष्ट्रदीपबाट भने स्वर सम्राट तथा संगीतज्ञ स्व.नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त सम्मान गरिनेछ। सुप्रबल जनसेवाश्रीबट गीतकार कालीप्रसाद रिजाल, कलाकार गौरी मल्ल र कीर्तिमय राष्ट्रदीपबाट भने संगीतकार शम्भुजित बाँस्कोटालाई सम्मान गरिने भएको छ।