विराट अनुपम युवा पुस्ताका साहित्यकार एवम् सञ्चारकर्मी हुन् । उनले समसामयिक विषयमा विश्व परिवेशबाट नेपाली समाजलाई हेरिरहेका हुन्छन् । साहित्यसागरको प्रस्तुत शृङ्खलामा उनको फेसबुक स्टाटसलाई जस्ताको तस्तै प्रस्तुत गरिएको छ । – सम्पा |
भुपरिबेस्ठित भयो
यो हावा कुरा हो। सबै सामुन्द्रीक तटिय देश नि विकास भएको छैनन् ! अफ्रिका र ल्याटिन अमेरिकी देश उदाहरण छन् ! भुपरिबेस्ठित हुनु तनाव भन्नुको अर्थ समुन्द्रमा पहुँच नहुनु हो! त्यसबाट अन्तर्राष्ट्रिय व्यापार बजारमा जान तनाव हुनु हो! तर, भारत र चीन जस्तो झन्डै तीन अर्ब जनसंख्या दायाँबायाँ छन् ! किन चाहियो समुन्द्र ? बरु राम्रो कुटनैतिक अभ्यास र दम चाहियो! अस्ट्रीया र स्विजरल्यान्डको नि समुन्द्री पहुँच छैन!
नेपालमा ठुला र निर्यात क्षेत्र छैनन्
ठूलो खानी छैनन ! तर, दुई कारण छैनन् ! उत्खनन नगरेर छैनन् ! अध्ययन नगरेर छैनन् ! निर्यात क्षेत्र नभएको कुरा नि सम्भावना नभएर होइन! काम नगरेर हो! मलाई एक चिया व्यापारीले भन्थे चीनको चिया खपतको १० % मात्रै नेपाली चिया हुँदा कायपलट हुन्छ ! भारतको १०% भए झन कुरै नगरौ! कतारले बार्सिक खर्बौको अर्गानिक उत्पादन मागेकै हो! हाम्ले दिन नसकेको हो! बिजुलीको व्यापार बाङ्लादेशको अर्कै कुरा छ। यस्ता अरु कुरा कत्ति छन् कत्ति !
जनशक्ति विदेश पलायन भएर विकास भएन
यो नि हावा कुरा हो! कत्रो जनशक्ति विदेश गयो? देश खाली त छैन! जागिरको तातीमा उस्तै छन् ! म्यादी प्रहरीमा भर्ना खुल्दा उस्तो लाइन छ! कलेजमा भिड उस्तो छ! अर्थात काम गर्ने युवाहरू नेपालमै लाखौं छन् ! तिनैलाइ प्रयोग गरे भयो! अब रह्यो विदेश गएका युवाहरूलाई । नेपाली कमदारहरु सबैभन्दा स्तरीय सीप भएको बनाएर अहिलेको भन्दा २०/४० गुणा धेरै पैसा कमाउने बनाए भयो! कम्तीमा दक्षिण एसियाका सबैभन्दा स्तरीय, इमानदार र महगा जनशक्ति नेपाली हुन भन्ने ब्रान्ड बनाए भयो !
पूँजी नभएर
यो नि बेतुक कुरा हो। अब उत्पादन र फाइदा हुने क्षेत्रमा लगानी गर्न आफ्नै पुजि हुनु पर्दैन! वोर्ल्ड बैंक, एशियाली बैंक, एशियाली पुर्वाधार बैंक मात्रै होइन G20 जस्ता देश छन् । अरु कुरा छोडौ दक्षिण एसियामै श्रीलंकालाई बाङ्लादेशले ऋण दिन थालेको छ! काम हुँदा दाम अभाव छैन !
नेपाली अल्छी भएर
यो झन हावा हो ! लु राम्रो काम र दाम देउन। नेपाली २४ घन्टामा जतिबेला नि काम गर्न तयार ! भारतीय कोइला खानी देखि काबुलको काममा जाने नेपाली नेपालमै दाम पाए किन गर्दैनन् ?
नेपाली पर्यटन क्षेत्रको कमाइ नभएर
यो कुरा सम्भावना नभएर होइन! काम नगरेर हो! नेपालमा ब्याकप्याकर मात्रै आउछन् ! त्यो भन्या झोले पर्यटक हुन! नेपालमा मेस्सी, रोनाल्डो बिदा मनाउन किन आउदैन ? वारेन बफेट, बिल गेट्स, जेफ बेजोस किन आउदैनन? किनभने आउने स्तर छैन! त्यो बनाउनु पर्यो! भारत चीन जोड्ने र देशका मुख्य वल्ड क्लास गन्तव्य जाने सुपरपास्ट कनेक्टिभिटी होस त को आउदैन?भारत र चीन आएको पर्यटकलाई तीन दिन मात्रै नेपाल आए ट्रेकिङ र आरोहण बाहेक अरु सबै प्याकेज घुम्न सकिन्छ भन्दा किन आउदैनन?
नोट: देशको भूगोल, जनस्वास्थ्य, जनशक्ति, प्राकृतिक श्रोत र पुजिको कारण देश पछि परेको होइन ! राजनीतिक र कर्मचारीतन्त्रको असक्षमताले हो !