SAHITYASAGAR
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
Facebook Twitter Instagram
  • हाम्रो बारेमा
  • सन्देशहरू
  • अडिओ/भिडियो
  • भाषा
  • साहित्य
  • साहित्यकार
  • विश्व साहित्य
  • हिन्दी साहित्य
  • किताबहरु
Facebook Twitter LinkedIn YouTube
SAHITYASAGAR
Banner
  • गृहपृष्‍ठ
  • सम्पादकीय
  • कविता
  • समीक्षा
  • गजल
  • मुक्तक
  • निबन्ध
  • आख्यान
    • कथा
    • लघुकथा
  • अनुवाद
  • नाटक
  • अन्तर्वार्ता
  • हास्यव्यङ्ग्य
  • बालसाहित्य
  • समाचार
  • अन्य
    • लेख
    • गीत
    • हाइकु
    • तस्बिरसाहित्य
    • मन्तव्य
    • बाल प्रतिभा
    • नेपाली साहित्य
    • बिभिन्न साहित्य/कला
    • English
    • जीवनी
    • साइनो
    • पुस्तक अंश
    • चिठ्ठीपत्र
    • बालगीत
SAHITYASAGAR
Home » बालकेन्द्री उखान (लोकसाहित्य)
नेपाली साहित्य

बालकेन्द्री उखान (लोकसाहित्य)

Sahitya SagarBy Sahitya SagarAugust 23, 2021No Comments9 Mins Read
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

रमेशचन्द्र घिमिरे

ज्ञात रचनाकारद्वारा रचना गरिएर आफू अदृश्य बन्दै पछिल्लो पुस्तालाई हस्तान्तरण गरिएको लोकको साहित्य नै लोकसाहित्य हो । लोकसाहित्य भनेको माौखिक वा श्रुतिपरम्परामा अडिएका र जनजिब्रोमा झुन्डिइरहने सङ्कलित वाणी हुन् । दीर्घ परम्परा बोकेको लोकसाहित्यमा हुने सरलता, मनोरञ्जनात्मकता र कल्पनाशीलताले नै यसलाई लोकप्रियताको उचाइमा पु¥याउन सकेको हो । लोकसाहित्य पनि प्रौढसाहित्यजस्तै विधागत बहुलताले भरिएको सम्पन्न साहित्य हो, जसअन्तर्गत लोककथा, लोकगीत, लोकनाटक, लोकगाथा र लोकोक्तिजस्ता विधाहरू पर्छन् । यिनीहरूमध्ये सङ्क्षिप्त आयामको विधा लोकोक्ति हो, जसमा गाउँखाने कथा र उखान–टुक्का पर्छन् । लोकसाहित्यको लोकोक्तिअन्तर्गत पर्ने लोकआहान वा उखानको नेपाली समाजमा आफ्नै महìव रहिआएको छ ।

उखान भनेको सूत्रात्मक कथन हो, जुन वाक्यात्मक तहको र प्रतीकात्मक अर्थ वहन गर्ने खालको हुन्छ । शब्दशक्तिका तीन तहमध्ये अभिधासँग नभई यसको सम्बन्ध लक्षणा वा व्यञ्जनासँग रहेको पाइन्छ । कुनै भनाइलाई उदाहरणका रूपमा पुष्टि वा प्रमाणित गर्नुप¥यो भने त्यसलाई उखानको साँचोमा ढालिन्छ र उक्त भनाइ तिख्खर, सारपूर्ण, स्पष्ट, प्रभावकारी, रसिलो र जीवन्त बन्न पुग्दछ । प्रायः नेपाली कथ्य भाषाको निकट रहेको उखान नेपाली भाषाको गहनाजस्तै हो । नेपाली भाषाको फराकिलो ढुकुटीमा रहेका यस्ता मौलिक सम्पत्तिले भाषिक श्रीवृद्धि गराउनुका साथै छुट्टै पहिचानसमेत कायम गरेका छन् । नेपाली उखानमा नेपाली समाज, संस्कृति, परम्परा र लोकविश्वासको झल्को वा परिचय पाइन्छ । नेपाली उखानले विविध विषयवस्तुलाई छोएको छ । यसका लक्षित वर्ग बालबालिकादेखि वृद्धवृद्धासम्म रहेका हुन्छन् । यस आलेखमा बालबालिकालाई लक्षित वर्ग बनाएर सङ्कलन गरिएका केही नेपाली बालकेन्द्री उखानको सोदाहरण चर्चा गर्ने प्रयास गरिएको छ ।

‘पाहुनालाई आइदिए भयो, बच्चालाई रोइदिए भयो,’ यस उखानले बालबालिकामा हुने अबोधता र नेपाली समाजमा विद्यमान गरिबी दुवैलाई एकैसाथ सङ्केत गरेको छ । अभावमा बाँचेको नेपाली समाजका सदस्यलाई अहिले खाए भरे के खाऊँ भन्ने समस्याले आक्रान्त पारेको छ । दिनभरि काम गरी कमाएर ल्याएको पैसाले दाल, चामल, मकै, भटमासको जोहो गर्नुपर्ने हुन्छ । पेटले माग्दामाग्दै पनि अड्कलेर खानुपर्ने समस्याले सताएको हुन्छ । यस्तो बेलामा साँझमा टुप्लुक्क पाहुना आइदिए भने पाहुनाको स्वागत र सत्कार गर्नैपर्ने र मिठो–मसिनो खुवाउनैपर्ने बाध्यता हुन्छ । सन्दर्भ बालबालिकाकै हो; घरमा बालबालिकाका आधार भनेकै उनीहरूका अभिभावक हुन् । उनीहरूलाई लाग्छ, आफू भोकाएका बेलामा हामीलाई अघाउञ्जेल खान दिने बाबुआमाले नै हो । दशैँ–तिहारजस्ता पर्व आउँछन् । त्यतिबेला मिठो खाने राम्रो लाउने रहर धनीका छोराछोरीलाई मात्र होइन, गरिबका छोराछोरीलाई पनि हुन्छ । बाच्छाले माऊ भोको छ कि छैन पत्तो पाउँदैन । उसलाई माऊको दूध चुस्न पाए पुग्छ । त्यस्तै गरिबीमा बाँचेका अभिभावकका छोराछोरीलाई अभिभावकले आफूलाई हेलाँ गरेको भन्ने भ्रम पाल्छन् र अभाव पूर्तिका लागि रोइदिन्छन् । यसै सन्दर्भमा नेपाली समाजमा यस्ता खालका उखानको प्रयोग भइदिन्छ । दुनियाँ बिर्सेर रमाइरहेका बच्चालाई अरूको मतलब हुँदैन । बच्चाबच्चीलाई कुनै कुराको न पीरचिन्ता हुन्छ न शोक नै हुन्छ । भकारीमा अनाज छ–छैन, उनीहरूलाई मतलब हुँदैन, केवल उनीहरूलाई आफ्नो भोकको मात्र मतलब हुन्छ भन्ने कुराको अर्थ ‘शोक न सुर्ता, भोक न भकारी’ भन्ने उखानमा छिपेको पाइन्छ ।

राम्रो वस्तुको लक्षण सानैदेखि राम्रो हुन्छ भन्ने कुराको सम्बोधन गर्ने उखान हो– ‘हुने बिरुवाको चिल्लो पात ।’ यस उखानले प्रतिभाशाली र मेधावी बालबालिकालाई सङ्केत गर्न खोजेको छ । यसैसँग यो उखान पनि मिल्दोजुल्दो हुन सक्छ– ‘वनका काँडा आफैँ तिखा, तिखार्नै पर्दैन; स्वर्गकी अप्सरा यसै राम्री, सिँगार्नै पर्दैन ।’ हरेक आमाबाबुलाई आफ्ना सन्तानको माया हुन्छ तर आमाबाबुले हाम्रा लागि दुःख गरेका छन्; उनीहरूलाई हामीले स्याहार–सुसार र चासो गर्नुपर्छ भन्ने चेत नभएका सन्तानलाई सजग बनाउने हिसाबले नेपाली समाजमा ‘आमाबाबुको मन छोराछोरीमाथि छोराछोरीको मन ढुङ्गामुढामाथि’ उखान चल्तीमा आएको हो ।

‘बाह्र छोरा तेह्र नाति बुढाको धोक्रोे काँधैमाथि’ उखानले सन्तान थुप्य्राएर दुःख पाएको अभिभावकको पीडा बोकेको देखिन्छ । भविष्यमा गएर अभिभावकप्रति सन्तानले चासो नराख्ने हुन् कि भनेर आजका कलिला बालबालिकालाई नै लक्षित गर्दै बाबुआमाका मुखबाट फ्याट्ट यस्तो उखान आइहाल्छ ः ‘छोरो जन्मे बुहारीलाई छोरी जन्मी ज्वाइँलाई ।’

सम्भवतः केटाकेटीका लागि अभिभावकले जाडामा न्याना कपडा पु¥याउन नसक्दा अभावको सङ्केत हुने गरी प्रचलनमा आएको उखान हो– ‘केटाकेटीको जाडो बाख्राले खान्छ ।’ केटाकेटीलाई किन बाक्ला र न्याना लुगा चाहियो भन्ने नकारात्मक भाव पनि यसमा झल्किन सक्छ अथवा मानिसलाई जति बुढ्यौली लाग्यो, उति चिसाले समात्छ । सानासाना केटाकेटीले त जस्तोसुकै जाडालाई पनि पचाउन सक्छन् भनेर सकारात्मक ऊर्जा प्रदान गर्नका लागि पनि यस उखानको प्रयोग भएको हुन सक्छ । प्राविधिक ज्ञान नभएका वा दक्षता हासिल नगरेका व्यक्तिले बिनामेसोमेलो काम गर्दा दुःख पाउँछन् र लाभ कम क्षति बढी हुन्छ भन्ने सन्दर्भमा पनि नेपाली समाजमा प्रसङ्ग मिल्ने गरी ‘केटाकेटी आए गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश’ भन्ने उखानलाई उदाहरणका रूपमा पेस गरिएको पाइन्छ । यहाँ केटाकेटी भनेर प्रत्यक्ष रूपमा बालबालिकालार्ई लक्षित गर्न खोजिएको जस्तो देखिए पनि मानिसमा हुने अपरिपक्वतालाई पनि यसले सङ्केत गरेको छ । जे होस्, कुनै पनि वस्तुको दुरुपयोग होइन, सदुपयोग गनुर््पर्छ भन्ने आशय व्यक्त गरिएको बहुप्रचलित उखानका रूपमा यसलाई नेपाली सामाजिक व्यवहारमा प्रयोग गर्ने गरिएको पाइन्छ ।

सन्तान सपार्न वा बिगार्न अभिभावकको ठूलो भूमिका हुन्छ । त्यसैले आफ्ना छोराछोरीलाई खराब बाटामा बरालिन दिन नहुने उदाहरणका लागि हाम्रो समाजमा ‘जाँड बिग्रने मर्चा गुना, छोराछोरी बिग्रने आमा गुना’ भन्ने उखान प्रचलनमा आएको पाइन्छ । यस उखानमा सन्तान बिगार्नमा बाबुको नभई आमाको हात हुन्छ भनेर नारी जातिलाई अपमान गर्न खोजिएको पनि प्रस्ट हुन्छ । यसरी हेर्दा कतिपय उखानले नेपाली समाजमा छोरीलाई अपमान गर्न खोजेको पनि भान हुन्छ । जस्तै ः ‘छोरीले जति माया गरे पनि के गर्नु आखिर अर्काको घर नगई सुख छैन’, ‘छोरीको जन्म हारेको कर्म’, ‘छोरीले घरको काम सिक्नुपर्छ’ आदि । त्यस्तै गरेर हुँदै नभएको कुरामा तनाव लिनुभन्दा आफूसँग जे छ, त्यसैलाई माया गर्ने र म रोगी या सन्तानहीन भएँ भनेर चिन्ता नलिनका लागि ‘कोढीलाई जिउ प्यारो, अपुतालाई धन प्यारो’ भन्ने उखानले नेपाली समाजमा चर्चा पाएको पाइन्छ ।
‘पहिले मर्छ कि भन्ने डर, पछि मार्छ कि भन्ने डर’सँग मेल खाने एउटा उखान छ– ‘जन्म्यो छोरो हर्कमान, हुक्र्यो छोरो थर्कमान ।’ यस उखानले आफ्ना बालबच्चाप्रति बाबुआमाले असाध्यै मोह गरेर जतनसाथ हुर्काए पनि पछि तिनैबाट असुरक्षित हुने कुरालाई सङ्केत गरेको छ । बालबालिकासँग सम्बन्धित उखानसँग मिल्ने गरी सामान्य व्यक्तिले ठूलो ठाउँ र ठूलै सम्मान पायो भने ‘मुसाका छोरा दरबार’ भन्ने उखान नेपाली जनजिब्रोमा झुन्डिन आइपुग्छ । कुनै पनि कुराको अड्कल वा अनुमान नगरी तयार पारिएको वस्तु भन्ने सन्दर्भसँग ‘नानीभन्दा नाना ठूलो’ भन्ने उखान जोडिन आउँछ । ‘छोरा पाउनु कहिले कहिले भोटो सिउनु अहिले’ भन्ने उखानको सूत्रात्मक अर्थ हुन्छ– महìवाकाङ्क्षी योजना । यसले कुनै पनि कामकुरो गर्दा समय कुर्नुपर्छ, हतारिनु हुँदैन र धैर्यवान् हुनुपर्छ भन्ने सन्देशसमेत दिन खोजेको छ । बल्लबल्ल सन्तान प्राप्ति हुने आशा र सन्तुष्टिमा रमाएकी आमाको नारीसुलभ अमूर्त चाहना पनि यसमा मिसिएको छ ।

नेपाली समाजमा बालबालिका अझ त्यसमा पनि छोरालाई नै लक्षित गरेर प्रचलनमा ल्याइएका उखान पनि प्रशस्त छन् । अभिभावकले आफ्ना सन्तानमाथि गर्ने हस्तक्षेप वा नियन्त्रणसँग ‘माऊभन्दा चल्ला बाठो’ भन्ने उखान ठ्याक्क मेल खान जान्छ । बालबालिका स्वभावैले जिज्ञासु हुन्छन् तर अभिभावकका दृष्टिमा उनीहरूले अनावश्यक रूपमा फुर्ति लगाउन खोजेको ठहर गर्छन् । उनीहरू कुनै पनि काम सकभर आफैँले गर्न पाए हुन्थ्यो भन्ने ठान्छन् तर अभिभावकलाई उनीहरूको यो व्यवहार मन पर्दैन र उनीहरूलाई अवसरबाट वञ्चित गराएर मात्र होइन, अपमानित र कमजोरसमेत देखाएर आफैँ काम फत्ते गर्न खोज्छन् । ‘बाबुभन्दा छोरो जान्ने खुकुरीभन्दा कर्द लाग्ने’ भन्ने उखानले पनि यसैलाई सङ्केत गरेको छ । ‘मेरो राजा भनेर हुर्काएको छोरोले माखो मार्दैन’ अथवा ‘पुल्पुल्याएको छोरो भुइँमा न भाँडामा’ जस्ता उखानहरू सन्तानलाई धेरै मत्याउनु हुँदैन; सानैदेखि नै काम सिकाउनु पर्छ भन्ने सन्दर्भमा नेपाली लोकव्यवहारमा प्रयोग भएका छन् । ‘रुखमुनिको बाली ऋणमुनिको छोरा’ भन्ने उखानले जसरी रुखको सेपमा बालीनाली फस्टाउँदैन, त्यसरी नै ऋणको भारी बोकेका अभिभावकका सन्तानले पनि जिन्दगी सुख र हाइसन्चोसँग बिताउन सक्दैनन् भन्ने अर्थ बहन गर्दछ । बहादुर अभिभावकका सन्तानले पराजय भोग्नु नपर्ने सन्दर्भसँग ‘मर्दको छोरो हार्न जान्दैन’ भन्ने उखानले साइनो गाँस्दछ ।

हरेक मानिसले आफ्ना कृषिजन्य उत्पादनमा अरूको राम्रो भएको देखे पनि सन्तानमा चाहिँ आफ्नै राम्रा भएकामा गर्वबोध गर्नका लागि ‘अन्नबाली राम्रा अरूको, छोराछोरी राम्रा आफ्ना’ भन्ने उखानको प्रयोग गरेका हुन्छन् । ‘बल्लबल्ल जन्मेको सन्तान छिमेकीको अनुहार लिएर आएछ’ भन्ने उखानले सन्तानको अनुहारमा छिमेकी परपुरुष र घरकी स्त्रीको चरित्रहीनतामा शङ्का गर्न भ्याउँछ । नेपाली समाजमा प्रचलित कतिपय उखानले बालबालिकाको सन्दर्भ अघि सार्दै आमाको महìव पनि सँगै झल्काएको पाइन्छ । उदाहरणका लागि ‘बच्चा हुर्काउँदा आमाले एक पाथी गु खान्छिन्’ होस् या ‘अरूको लाख आमाको काख’ अथवा ‘पिटे पनि आमै जाती पोले पनि घामै जाती’ भन्ने उखान नै किन नहोस्, यी सबै उखानमा सन्तान हुर्काउनका लागि आमाले गरेको दुःख, त्याग र समर्पण भावनाको कदर गरेको देखिन्छ । त्यस्तै उदाहरणमध्ये ‘बच्चा काखमा बसेपछि आमाले सबै दुःख बिर्सिन्छिन्’, ‘बच्चा जन्मिएको पीडा सन्तानको मुख देखेपछि सबै बिर्सिइन्छ’ वा ‘आमाले अरू सबै सहन सक्छिन् आफ्नो सन्तान अरूले पिटेको सहन सक्दिनन्’जस्ता उखानमा पनि आमाको हृदय महान् हुन्छ भन्दै मातृशक्तिको सम्मान गरिएको भाव लुकेको देख्न सकिन्छ । यस्ता उदाहरण अरू पनि छन् । आमाले आफ्ना सन्तानलाई कतिसम्म माया गर्छिन् भन्नका लागि ‘भुइँमा राखे कीराले खान्छ, काखमा राखे लात्ताले हान्छ’, ‘बच्चालाई आमाबाट छुटाए पाप लाग्छ’, बच्चाले आमाको काख खोज्छ’जस्ता उखानहरू नेपाली समाजमा चलेका पाइन्छन् । सन्तान सँगसँगै हुन पाउँदाको रमाइलो र खुसीसँग गाँसिएका उखानमा चाहिँ ‘चाडबाडमा सन्तान जम्मा नभए केको रमाइलो’, ‘सन्तानको खुसी नै बाउआमाको खुसी हो’जस्ता उखान पर्छन् ।

कलिला बालबालिकामा हुने अपरिपक्वता, असक्षमता र अबोधतालाई गलत ढङ्गले बुझ्न खोज्ने अभिभावकको शब्दप्रहारका रूपमा ‘ओठ निचोरे दूध आउँछ’ उखानको पनि नेपाली समाजमा प्रयोग भएको छ । नेपाली उखानले बालबालिका र त्यसमध्ये पनि बालिका वा छोरी जातिमाथि मानहानि मात्र गरेको छैन, सम्मानसमेत गरेको छ । उदाहरणका लागि ‘पहिलो सन्तान छोरी लक्ष्मीको रूप’ उखानलाई लिन सकिन्छ । छोरालाई काखा र छोरीलाई पाखा गर्ने समाजमा छोरीको पनि महìवबोध गराउनका लागि बनाइएको उखान हो यो । यसमा छोरी भनेका लक्ष्मीका अवतार हुन् भनेर उनीहरूलाई सम्मान गर्न खोजिएको छ । ‘छोरी जन्मे आमालाई सघाउँछिन्’ भन्ने उखानले पनि घरपरिवारमा छोरीले गर्ने कामको उच्च सम्मान गरेको छ तर यसो हुँदाहुँदै पनि घरको काम कि आमाले कि छोरीले मात्र गर्ने हुन् भन्ने लैङ्गिक विभेदलाई पनि घुसाउन भ्याएको छ । सन्तान हुनेकै धन हुन्छ भन्नका लागि ‘जसको छोराछोरी उसको धन, जसको बुटा उसको वन’ उखान चलनचल्तीमा आएको पाइन्छ । बालबालिकासँग रहेको निर्दोषता, निश्चलता र इमानदारीको कदरका लागि उभ्याउँदै यस्तो उखान पनि बोलिन्छ ः ‘बच्चाबच्ची भगवानका रूप हुन्’, ‘अबोध केटाकेटीले झूठ बोल्दैनन् ।’ बालकले शुभ समाचार दिन्छन् भन्ने सन्दर्भमा ‘बालकको मुखमा डाँक बसेको हुन्छ’ भन्ने उखान पनि नेपाली समाजमा चलेको छ । विवाह गर्नुभन्दा पहिले सोचविचार गर्नुपर्छ भन्दै बालबालिकासँगै उनीहरूले खेल्ने बालखेलको सन्दर्भ जोडिएका उखान जस्तै ः ‘बिहे भनेको केटाकेटीले खेलेको भाँडाकुटीको खेल होइन’ अथवा ‘बिहे पुतलीको खेल होइन’ भन्ने उखान पनि नेपाली समाजमा चलेका छन् ।

यसरी निष्कर्षमा भन्नुपर्दा कुनै पनि प्रसङ्गसँग मेल खाने गरी प्रचलनमा ल्याइएका बालबालिका लक्षित नेपाली उखानहरू नेपाली समाजको हुबहु चित्रण गर्ने ऐना बनेर देखिएका छन् । यस्ता बालकेन्द्री उखानहरू एकातिर मनोरञ्जक खुराकमा त रहेका छन् नै साथै समाजमा सकारात्मक छाप छोड्न पनि सफल छन् । यस्ता उखानले बालबालिकालाई सानैदेख कर्मशील बन्न प्रेरित गर्नुपर्दछ भनेर पनि सुझाएका छन् । बालबालिकाको सन्दर्भ गाँसिएका उखानले सन्तानको खुसीमा रमाउन सक्नुपर्दछ भन्ने उत्प्रेरणा दिएको हुन्छ । छोरा वा छोरीलाई नकारात्मक कोणले हेर्नुहुँदैन । उनीहरूप्रति सकारात्मक बन्नुपर्दछ र सकारात्मक ऊर्जा पैदा हुने वातावरण सिर्जना गरिदिनुपर्दछ । बालबालिकाको भावनाको कदर गरिनुपर्ने, भेदभावरहित वातावरण तयार पारिदिनुपर्ने, उनीहरूलाई माया त गर्ने तर टाउकामा टेक्ने गरी होइन अनि नियन्त्रण त गर्ने तर टाक्सिने गरी होइन भनेर अभिभावकलाई सल्लाह पनि यी उखानहरूले दिएका छन् । समग्रमा भन्दा बालबालिका केन्द्रित यस्ता उखानहरू नेपाली समाजमा प्रचलनमा आएका छन् र त नेपाली लोकसाहित्यको पनि संरक्षण हुन सकेको छ ।

  • Sahitya Sagar
    Sahitya Sagar
Sahitya Sagar
Sahitya Sagar
Post Views: 299
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित शीर्षकमा

एक चिहान

February 28, 2022

‘महामारीमा मिडिया’ सार्वजनिक

August 29, 2021

Comments are closed.

महाकवि लक्ष्मीप्रसाद देवकोटा
आदीकवि भानुभक्त आचार्य
राष्ट्रकवि माधवप्रसाद घिमिरे
विष्णु कुमारी वाइबा(पारिजात)
लेखनाथ पौड्याल
बालकृष्ण-सम
The most popular links

www.google.com
www.youtube.com
www.twitter.com
www.facebook.com
www.yahoo.com
www.amazon.com
www.yelp.com
www.reddit.com
www.craigslist.org
www.walmart.com
www.linkedin.com
www.instagarm.com
https://www.wikipedia.org

देवकोटा विशेषाङ्क

A Bird’s Eye View of Devakota’s Shakuntal Mahakavya

देवकोटाको उच्च चेहरा

साहित्यको सागर

मेरो जीवन र दर्शनमा महामानव देवकोटाको प्रभाव

देवकोटा साहित्यका मननीय अंश

देवकोटा संसारकै प्रतिभावान साहित्यकार हुन्

सीताहरण खण्डकाव्यमा पदपूर्वार्धवक्रताको अध्ययन

देवकोटाका कवित्वको सामान्य चर्चा

पृथ्वीराज चौहान महाकाव्यको विश्लेषण

महाकवि देवकोटाको नवप्रकाशित कवितासङ्ग्रह ‘परी’ : एक परिचय

घिमिरे विशेषाङ्क

राष्ट्रकविको व्यक्तित्व चर्चा

माधव घिमिरेको कवितासङ्ग्रह बालालहरी

माधव घिमिरेप्रति

कवि माधव

राष्ट्रकविको सम्झनामा

माधव फेरि आऊ

कर्मगान

श्रद्धा सुमन-मेघनाथ बन्धु

राष्ट्रकवि

राष्ट्रकविप्रति श्रद्धासुमन

World News Media
https://www.huffpost.com/
https://edition.cnn.com
https://www.nytimes.com
https://www.foxnews.com
www.the globe and mail
https://www.nbcnews.com
www.washingtonpost.com
https://www.dailymail.co.uk
www.theguardian.com
The Wall Street Journal
https://www.bbc.com/news
https://abcnews.go.com
https://www.usatoday.com
https://www.latimes.com
Nepali News Links
himalayan tribune
kantipur
dcnepal.com
canada khabar
Canada Nepal​
nepal News 
Gorkhapatra
Rato pati
Seto Pati
OS nepal
Kathmandu Post
Annaourna Post
Online Khabar
etajakhabar.com
nagarik news
news24nepal
newsofnepal
hknepal.com
nepal britain
nepal japan
Telegraph Nepal
Himal Khabar
BBC Nepali 
BRT Nepal
enepalese
Nepal Dubai
Himalayan tribune
Thaha khabar
Kathmandu Today
Nepali Haeadline
barakhari
My Republica
  • This image has an empty alt attribute; its file name is E-Books-Etsy-Banner-3.gifThis image has an empty alt attribute; its file name is 1-3.pngमहाकवि लक्ष्मीप्रसाद देवकोटाThis image has an empty alt attribute; its file name is Untitled-design-4-3.pngआदीकवि भानुभक्त आचार्यThis image has an empty alt attribute; its file name is 4-2.pngराष्ट्रकवि माधवप्रसाद घिमिरेThis image has an empty alt attribute; its file name is 5-3.pngविष्णु कुमारी वाइबा(पारिजात)This image has an empty alt attribute; its file name is 3-2.pngलेखनाथ पौड्यालThis image has an empty alt attribute; its file name is 6-2.pngबालकृष्ण-समAdd block

 Hide ControlsEnter desktop preview modeEnter tablet preview modeEnter mobile preview mode

भाषा साहित्य संस्थाहरु
Nepal Academy
INLS
GFNL
पत्र पत्रिका
Himal 
Saptahik
Nari
Spotlight
Boss Nepal
catmando
Living
ESC
उपयोगी लिंकहरू

नेपाली भाषामा उपयोगी लिंहरू-http://www.majheri.com/ 
https://www.samakalinsahitya.com/

Links on English and Hindi Literature 
https://en.wikipedia.org/wiki/English_literaure
https://www.britannica.com/art/English-literature

​Useful links about Nepali languages  in English 
https://en.wikipedia.org/wiki/Nepali_language

https://en.wikipedia.org/wiki/Languages_of_Nepal
https://www.britannica.com/topic/Nepali-language
https://www.lexilogos.com/english/nepali_dictionary.html
​http://www.full-stop.net
https://www.laphamsquarterly.org/roundtable/
http://otherppl.com/
https://www.mcsweeneys.net/
http://hilobrow.com/
http://bookrageous.podbean.com/
http://www.litkicks.com/
https://www.guernicamag.com/
http://thenervousbreakdown.com/ 

अन्य उपयोगी लिंकहरू

Nepali Literature

हाम्रो बारेमा

हामी नेपाली भाषा–साहित्यका शुभचिन्तक हौँ । पाठकका केही भावना, केही सपना, केही प्राप्ति र साहित्य सागर हौँ । नेपाली साहित्य र भाषा सम्बन्धी विद्युतीय सामग्रीको अभाव महसुस गरी हामीले साहित्यिक सामग्री प्रस्तुत गर्नका साथै विद्युतीय स्रोतकेन्द्र (लिङ्कहरूको भण्डार पनि गर्ने) योजनाअनुरूप यसको सुरुवात गरेका छौँ ।

-साहित्य सागरको साइटमा सम्पूर्ण साहित्यकार र स्वतन्त्र लेखकसमेत अटाउन सकून् भन्ने हाम्रो उद्देश्य हो ।

Facebook Twitter Youtube

सम्पर्क जानकारी

4725 Fall Avenue , Richmond, CA 94804
Telephone: 510-323-6802
Fax: 510-374-6112

Follow us

SAHITYASAGAR

Subscribe to Updates

Get the latest creative news from FooBar about art, design and business.

Copyright © 2021. Designed by freelancerunit.