कार्यक्रमका प्रमुख अतिथि प्रा. सुवेदीले कृतिकारद्वयको सिर्जनाको प्रशंसा र उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो। समालोचक तथा प्रतिष्ठानका महासचिव डा. लेखप्रसाद निरौलाले ‘ स्पर्श ‘ र समालोचक डा. भागवत ढकालले रामप्रसाद पन्तका दुई कृतिको समीक्षा गर्नुभएको थियो भने विशिष्ट अतिथि प्रा. गोपीकृष्ण शर्मा, साहित्यकारहरू सूब सेन, बालकृष्ण भट्टराई, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारीलगायतले दुवै स्रष्टाको कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो। कार्यक्रममा रामप्रसाद पन्तले दुवै कृति कोरोना महामारीको समयमा तयार भएको बताउनुभयो भने कवि भाष्कर भण्डारीले विमोचित कृतिबाट दुई कविता वाचन गर्नुभयो।
दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्व र यादव भट्टराईको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा डा. रत्नावली शर्माले ‘ स्पर्श ‘ कवितासङ्ग्रहबाट एउटा कविता वाचन गर्नुभयो भने गीता शर्माले भाष्कर भण्डारीद्वारा रचित गीत प्रस्तुत गर्नुभएको थियो।