चक्षु भट्टराई
चक्षु भट्टराई वि.सं. २०६९ साउन २५ गते भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. ४, दिङ्लामा जन्मिएर हाल कौशलटार भक्तपुरमा बस्ने नवोदित बालप्रतिभा हुन् । पिता महेश भट्टराई र माता सविता बरालकी सुपुत्री उनी सिर्जनाको सुरुवात चरणमै छन्द कवितातर्फ आकृष्ट देखिन्छिन् । गीत गायन र नृत्यकलामा रुचि राख्ने चक्षुले उपत्यकाव्यापी बाल गायन प्रतियोगितामा द्वितीय स्थानका साथै विद्यालयस्तरीय नृत्य तथा गायन प्रतियोगितका दुवै विधामा प्रथम स्थान हासिल गरिसकेकी छन् । छन्द कविता वाचनमासमेत सक्रिय उनी चित्रकलामा पनि उत्तिकै सिपालु छिन् । उनी राष्ट्रव्यापी बालकवि सम्मेलनमा समेत सहभागी प्रतिभा हुन् । उनले हालसम्म लोक तथा शास्त्रीय छन्द गरी दर्जन जति कविता सिर्जना गरिसकेकी छन् । साहित्यसागरको यस शृङ्खलामा उनको ‘चरा बन्छु आमा’ शीर्षकको भुजङ्गप्रयात छन्दमा रचित कविता समेटिएको छ । यस कवितामा खरायो र कछुवाको लोकप्रचलित दन्त्यकथाको विषय लिएर उनले प्रतिस्पर्धा हारेको खरायो नबनेर स्वतन्त्र चरा बन्ने इच्छा प्रकट गरेकी छन् ।
मलाई कथाको खरायो छ राम्रो
मलाई चराको पखेटा छ राम्रो
खरायो त हा¥यो सुतेको थियो रे
नसुत्ने म आमा उज्यालो भयो रे ।
मलाई चराको पखेटा छ राम्रो
खरायो त हा¥यो सुतेको थियो रे
नसुत्ने म आमा उज्यालो भयो रे ।
मलाई दिएमा पखेटा चरीले
लगाएर नाच्थेँ घुमेझैँ परीले
म उड्थेँ कता हो कता घुम्न जान्थेँ
म यो विश्व घुम्थेँ र आनन्द मान्थेँ ।
म आएँ तिमी छेउ टाढा नजाऊ
बनौँ मित्र हामी कुरा गर्न आऊ
भने मान्छ भन्थ्यौ चरीले त आमा !
न आयो चरी त्यो दियो खै त जामा ।
म दौडेर आमा ! कहाँ पुग्न सक्छु ?
नहार्ने छ इच्छा जहाँ पुग्न सक्छु
नबन्ने नबन्ने खरायो म आमा
लगाई पखेटा चरा बन्छु आमा ।