सम्मान–पत्रमा राष्ट्रकवि माधव घिमिरे, संस्थाका प्रबन्ध निर्देशक दीपक भण्डारी, निर्देशक रुपेन्द्रकुमार जोशी र अध्यक्ष भास्कर भण्डारीको हस्ताक्षर छ । यस सम्मान पत्रमा २०७४ पुस ११ गते शनिबारको मिति पनि उल्लेख भएको छ । यो सम्मानपत्र घिमिरेका हातबाट पाएको अन्तिम सम्मान–पत्र बन्यो । यो सम्मान साहित्यिक संस्थाले नभई गैरसाहित्यिक संस्थाले प्रदान गरेको थियो तर यसको भषा र भावना साहित्यिक थियो । यस पत्रलाई प्रदान गर्ने पात्र साहित्यका महारथि थिए । यस सम्मान–पत्रमा रहेको कवितांश सम्मान पाउनेकै थियो । यो सम्मान पाइँरहँदा म तेह्रजना सहयात्रीसँग र विशिष्ट साहित्यिक माहोलका बिचमा थिएँ । त्यो भन्दा बढी यो सम्मानपत्र राष्ट्रकविका हातबाट थापिरहेको थिएँ । त्यस दिन भएको काव्य विमर्शले लाई अझ गहिर्याएको थियो ।
विशिष्ट व्यक्तित्वसँग खिचिएको तस्बिरको महत्त्व आज बढिरहेको छ । आज आफैँले सम्पादन गरेको वेव सञ्चारमाध्यममा यस तस्बिरलाई पहिलो पटक सार्वजनिक गर्दैछु । आशा छ यस नयाँ सञ्चारमाध्यम ‘साहित्य सागर’मा पनि घिमिरेको आशीर्वाद रहिरहने छ ।
माधव घिमिरेसँग मञ्चमा खिचिएका थुप्रै तस्बिरहरू छन् । युवा वर्ष मोती पुरस्कार थाप्ताको तस्बिर धेरैले देखिसकेका र सञ्चारमाध्यममा पनि सार्वजनिक भइसकेकाले त्यो महत्त्वपूर्ण भएर पनि आज यो तस्बिरको विषय उठान गर्दैछु ।
यो तस्बिरमा घिमिरेले मलाई सम्मानपत्र दिँदै हुनुहुन्छ । साक्षीका रूपमा मेरा गुरु र हामीलाई सम्मान गर्ने संस्था रेडियन्ट इन्फोर्टेक नेपालका प्रबन्ध निर्देशक दीपक भण्डारी र अध्यक्ष भाष्कर भण्डारी हुनुहुन्छ । यो सम्मान मलगायत आरोहण महाकाव्यका लेखकहरूलाई प्रदान गरिएको थियो।
– रमेश शुभेच्छु
घिमिरेको आशीर्वाद !
राष्ट्रकवि माधव घिमिरेसँगको यो तस्बिर मेरा जीवनको उल्लेख्य तस्बिर हो । यो तस्बिर मैले राष्ट्रकविका घरमा पुगेका बेला आफ्नो मोवाइलबाट खिचेको थिएँ । यो तस्बिर देखेर अआज पनि मलाई उहाँको आशीर्वाद र सानिध्य पाइराखेको अनुभव हुन्छ । एक जना अग्रजसँगको तस्बिरको पनि कति महत्त्व हुँदो रहेछ भन्ने कुरा अझ गहिरोसँग बुझ्ने भएको छु ।माधव घिमिरेसँग मञ्चमा खिचिएका थुप्रै तस्बिरहरू छन् । युवा वर्ष मोती पुरस्कार थाप्ताको तस्बिर धेरैले देखिसकेका र सञ्चारमाध्यममा पनि सार्वजनिक भइसकेकाले त्यो महत्त्वपूर्ण भएर पनि आज यो तस्बिरको विषय उठान गर्दैछु ।
-सुरेन उप्रेती
घिममिरेका साथ सोफामा
राष्ट्रकविज्यूसँगको अन्तिम साक्षात्कार २०७६ फागुन ५ गते उहाँकै निवासमा ।
-डा. शैलुन्दुप्रकाश नेपाल
साक्षात्का
काठमाडाैँमा घिमिरे दम्पतीको रथारोहण ।
राष्ट्रकविसँग भलाकुसारी गर्दै डा. रामप्रसाद ज्ञवाली।
साहित्यसागरका सल्लाहकार प्रा. मोहन सिटाैला घिमिरेबाट सम्मान ग्रहण गर्दै।
स्वामी प्रपन्नचार्यसँग भलाकुसारी गर्दै राष्ट्रकवि घिमिरे ।
युगपुरुष सत्यमोहन जोशीसँग राष्ट्रकवि घिमिरे ।
कमलमणि दीक्षितसँगको भेटका क्रममा राष्ट्रकवि घिमिरे ।
घिमिरे दम्पति ।
‘