कमल पनेरु
गोरखा, नेपाल
गोरखा, नेपाल
आकाशै बाट तारा झारी
समुन्द्र तटमा ल्याई रम्छु
पहाडैकाे चुचुराेमा पुगी
सुर्यदेवलाई म त भेटछु।
समुन्द्र तटमा ल्याई रम्छु
पहाडैकाे चुचुराेमा पुगी
सुर्यदेवलाई म त भेटछु।
हावा संगै तनै उडाई
अन्तरीक्षमा गीत गाउछु
बादल माथि गाउदै नाच्दै
ग्रहलाेककाे सहर घुम्छु।
आकाश पाताल सयर गर्दै
क्षितिजमा पुगी विश्राम लिन्छु
ब्रह्माण्डमै सुन्दर चाैर बनाई
उल्का संगै रमाई खेल्छु।
ज्ञान बिज्ञान चेतना फैलाई
स्वर्ग-धर्ती बिच सुमार्ग काेर्छु
मानव हृदय बिच बस्दै
अात्मीय प्रेम सदभाव भर्छु।
किताब कापी कलम च्यापी
अाजै बाट कदम चाल्छु
भर्ना गरि देउन बाबा
दादा संगै विधालय लाग्छु।